• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

कर्णालीका मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने



मुख्यमन्त्री यामलाल कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले विश्वासको मत नदिने भएको छ ।

प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले मुख्यमन्त्री कँडेललाई विश्वासको मत नदिने बताएका हुन् ।

उनले मुख्यमन्त्रीले कर्णालीको समृद्धि र राजनीति स्थायित्वका लागि मत मागे पनि कांग्रेसले विश्वासको मत नदिने बताए ।उनले भने, ‘उहाँलाई विश्वासको मत दिने उपयुक्त समय नआएकाले विपक्षमा मत हाल्ने छौँ’ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३, एमालेको १० र एकीकृत समाजवादीका १ प्रदेशसभा सदस्य छन् । यस्तै नेपाली कांग्रेसका १४, राप्रपाका १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सदस्यको समर्थन चाहिन्छ ।