१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने



मुख्यमन्त्री यामलाल कँडेल
अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले विश्वासको मत नदिने भएको छ ।

प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले मुख्यमन्त्री कँडेललाई विश्वासको मत नदिने बताएका हुन् ।

उनले मुख्यमन्त्रीले कर्णालीको समृद्धि र राजनीति स्थायित्वका लागि मत मागे पनि कांग्रेसले विश्वासको मत नदिने बताए ।उनले भने, ‘उहाँलाई विश्वासको मत दिने उपयुक्त समय नआएकाले विपक्षमा मत हाल्ने छौँ’ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३, एमालेको १० र एकीकृत समाजवादीका १ प्रदेशसभा सदस्य छन् । यस्तै नेपाली कांग्रेसका १४, राप्रपाका १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सदस्यको समर्थन चाहिन्छ ।