६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएको आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा काठमाडौंमा शुरु भएको चाथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उर्जाको उत्पादन र निर्यात बढ्दो रहनु देशका लागि खुशीको कुरा भएको बताउनु भयो । उहाँले नेपाल सरकार र निजी क्षेत्रको सहकार्य, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको बताउनु भयो ।

उहाँले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि निरन्तर क्रियाशिल रहनुपर्ने बताउनु भयो । उहाँले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना झन्झट उत्साहका साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताउनु भयो । उहाँले संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको उल्लेख गर्दै सरकारले ऐन, कानून, नीति निर्माणमा सहजीकरण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उर्जाको उत्पादन र निर्यात बढ्दो छ, यो हाम्रो लागि खुशीको विषय हो । नेपाल सरकार र निजी क्षेत्रको सहकार्यमा, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको भन्ने मलाई लाग्दछ । विशेष गरी बहुदलीय लोकतन्त्र र प्रजातन्त्रपछि निजी क्षेत्रलाई उर्जाको लगानी र निर्माणमा संलग्न गराएसँगै यस्तो अवस्था सिर्जना भएको हो । नेपाल सरकारले आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली छिमेकी देश भारतमा निर्यात गर्नेगरी सम्झौता गरिसकेको छ ।

यसैगरी नेपाल सरकारले वि.सं.२०८५ भित्र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । मन्त्रीज्युले २८ हजारको लक्ष्य राख्नुभएको छ, मन्त्रालयले धेरै नै लिएको छ । यसले नेपालीलाई खुशी बनाउँछ, यसमा सरकार र निजी क्षेत्रको उत्तिकै दायित्व छ भन्ने म ठान्दछु । लक्ष्यप्राप्तिका लागि लगानीमैत्री वातावरणको आवश्यकता छ । नेपाल सरकार यस्तो वातावरण निर्माणका लागि निरन्तर क्रियाशिल रहोस् भन्ने सुझाव दिन चाहन्छु । स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना झन्झट उत्साहका साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो । यसले निजी क्षेत्रको उत्साह वृद्धि भइ मुलुकको समग्र अर्थतन्त्रमा योगदान पुग्नेछ । संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको छ । सरकारले ऐन, कानून, नीति निर्माणमा सहजीकरण गर्नुपर्छ ।’

राष्ट्रपति पौडेलले सरकारले गर्न लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालले हिमलय हाइड्रो एक्स्पो आयोजना गर्नु सह्रानिय रहेको बताउनु भयो । एक्स्पोले सामुहिक सहकार्य र हातेमालो गर्ने अवसरको सिर्जना गर्ने बताउनु भयो ।