• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप



जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

औरही गाउँपालिका-१  पौडेसरमा  युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएकोमा एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । प्रहरीले बल प्रयोग अवरुद्ध सडक खुलाउने प्रयास गर्दा प्रहरी र उनीहरुबित्र झडप भएको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।