१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कृषिमा कायापलट ल्याउन अबको १५ वर्ष कृषिलाई प्राथमिकता दिन जरुरी: कृषिमन्त्री साह

कृषिमा कायापलट ल्याउन अबको १५ वर्ष कृषिलाई प्राथमिकता दिन जरुरी: कृषिमन्त्री साह
अ अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कायापलट ल्याउन अबको १५ वर्ष कृषिलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै कृषिमन्त्री ज्वालाले यस्तो बताउन भएको हो ।

उहाँले ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय,अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत प्रमुख प्राथमिकता कृषिलाई दिए अबको १५ वर्षमा कृषि क्षेत्रमा कायापलट हुने दाबी गर्नुभयो । कृषि क्षेत्रमा धेरै समस्या र चुनौतिहरु रहेको भन्दै त्यसलाई सुधार गर्न जरुरी रहेको भन्दै आफू त्यो कार्यमा जुटेको पनि मन्त्री साहको भनाई छ । उहाँले कृषिलाई प्राथमिकता दिँदा आम जनतामा सुखको अनुभुति हुनुको साथै मुलुक समेत समृद्धिको बाटोमा जाने दाबी गर्नुभयो । मन्त्री साहले कृषि मन्त्रालयसँग १२ करोड बजेट भएपनि कृषि क्षेत्रबाट आएको माग साढे १६ अर्बको बराबरको रहेको बताउनु भयो ।

उहाँले थोरै बजेटले कृषि क्षेत्रको सुधार गर्न सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले कृषि क्षेत्रका समस्या समाधान र प्राथमिकताको लागि अर्थमन्त्रीसँग कृषिमा बजेट थप गर्न माग गरिरहेको जानकारी दिनुभयो । मन्त्री साहले सरकारले वास्तविक किसानको परिचयपत्र तत्कालै वर्गिकरण गरी किसान परिचय पत्र तत्कालै व्यवस्था गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले पछिल्लो समय दुध,पशुबीमाका लगायतका समस्या बजेट अभावको कारणले भइरहेको बताउनु भयो । उहाँले उखु किसानलाई थप समस्या आउन नदिने गरी मन्त्रालय गम्भिरताका साथ काम गरिरहेको बताउनु भयो ।

मन्त्री साहले समयमा किसानलाई रासायनिक मल उपलब्ध गराउनको लागि जिटुजीमार्फत कार्यविधि,कानून नियम र नियमावली भित्रै बसेर छोटो बाटोबाट मल ल्याउने प्रक्रिया अपनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले मल खरिद प्रक्रियामा जाँदा नेपालमा ८७ दिन लाग्ने र विदेशको समेत गरी १४ महिना समय लाग्ने अवस्था रहेको भन्दै अब त्यसलाई एक महिनादेखि ४५ दिनभित्रमा मल आउने गरी प्रक्रिया बनाउन जोड दिइरहेको बताउनु भयो । उहाँले अर्गानिक मल उत्पादनलाई पनि प्रोत्साहन गर्ने बताउनु भयो । मन्त्री साहले नेपलमा प्याज उत्पादनलाई जोड दिने सोच रहेको बताउनु भयो । उहाँले सरकारले चैते धानलाई बढवा दिएर आत्मनिर्भर हुने काम गरिरहेको बताउनु भयो । नेपाललाई चामलमा आत्मनिर्भर भयो भन्ने सन्देश दिनलाई यस वर्षदेखि कार्ययोजना बनाएर अघि बढ्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,‘ सरकारले कुनैपनि निर्णय गर्दा व्यहारमा लागू गर्नुपर्ने देखिन्छ । जहाँसम्म कोल्ड स्टोरेजलाई विद्युतमा ५० प्रतिशत अनुदानका कुराहरु छन् । मन्त्रालयको तर्फबाट हुँदा धेरै राम्रो हो । राम्रो काम गर्नेलाई सहुलियत हुनुपर्छ । राम्रो र वास्तविक नेपाली माटोमा उत्पादन भएको वस्तुहरुलाई सुरक्षित राख्नको लागि पनि कोल्ड स्टोरेजहरुलाई अनुदान दिनुपर्छ । बाहिरका वस्तुहरु प्रतिस्थापन गर्नतर्फ जानुपर्छ । कृषिमा विदेशी वस्तुहरुलाई प्रतिस्थापन गर्न सकिन भने धेरै चुनौतीपूर्ण अवस्था आउन सक्ने अवस्था छ । कृषि क्षेत्रमा धेरै विषयमा सुधार गर्नुपर्ने छ । तर सुधार गर्न सजिलो छैन । त्यसको लागि सबैको सहयोग चाहिन्छ । कृषि क्षेत्र अगाडि बढ्यो भने मुलुक पनि अगाडि बढ्छ । अबको १५ वर्षका लागि विशेष गरी कृषिमा प्राथमिकता दिने हो भने कृषि क्षेत्रमा कायपलट आउँछ । आम जनतामा सुखको अनुभुति हुन्छ । देश समृद्धितिर जान्छ । कृषि मन्त्रालयसँग १२ करोड हिसावमा बजेट छ । कृषि क्षेत्रबाट आएको माग साढे १६ अर्बको बराबरको कार्यक्रम माग आएको छ । यस्तो बजेटले कृषिमा कति सुधार हुन्छ ।’

‘अर्थमन्त्रीसँग कृषिमा बजेट थप गर्न माग गरिरहेको छु । सरकारले वास्तविक किसानको परिचयपत्र तत्कालै वर्गिकरणमा लैजान लागेका छौं । किसान परिचय पत्र तत्कालै व्यवस्था गछौं । पछिल्लो समय दुध,पशुबीमाका कुराहरु उठेको छ । सबै बजेट अभावको कारणले किसानहरुलाई भुक्तानी दिन सकेका छैनौं । उखु किसानलाई थप समस्या आउन नदिने गरी मन्त्रालय गम्भिर भएर काम गरिरहेको छ । समयमा रासायनिक मल नहुँदा किसानहरुलाई समस्या परेको अवस्था छ । त्यसलाई समाधान गर्नको लागि जीटुजी मार्फत छिटो गतिमा कार्यविधि,कानून नियम र नियमावली भित्रै बसेर छोटो बाटो रोज्नुपर्छ । मल खरिद प्रक्रियामा जाँदा नेपालमा ८७ दिन लाग्ने रहेछ । यस्तो प्रक्रिया गर्दा १४ महिना लाग्ने रहेछ । नेपालमा एक महिनादेखि ४५ दिनभित्रमा मल आउने गरी प्रक्रिया बनाउन जोड दिइरहेको छु । अर्गानिक मल उत्पादनलाई पनि प्रोत्साहन गर्नुपर्छ । प्याज उत्पादनलाई जोड दिने सोचमा छौं । सरकारले चैते धानलाई बढवा दिएर आत्मनिर्भर हुने काम गरिरहेको छ । नेपाललाई चामलमा आत्मनिर्भर भयो भन्ने सन्देश दिनलाई यो वर्षदेखि कार्ययोजना बनाउँदै छौं ।’

मन्त्री साहले सरकारले कुनैपनि निर्णय गर्दा व्यहारमा कार्यान्वयन गर्नेगरी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कोल्ड स्टोरेजलाई विद्युतमा ५० प्रतिशत अनुदान दिनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउनु भयो । उहाँले राम्रो काम गर्ने र वास्तविक नेपाली माटोमा उत्पादन भएको वस्तुहरुलाई सुरक्षित राख्नको लागि लाई सहुलियत हुन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा कृषिवस्तुहरुको आयात रोक्नको लागि विदेशी कृषि वस्तुहरु प्रतिस्थापन गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले कृषि क्षेत्रमा धेरै विषयमा सुधार गर्नुपर्ने भएपनि सुधारको लागि चुनौती रहेको उल्लेख गर्नुभयो ।