१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै

एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै
अ अ+ अ-

गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको कालिका मन्दिर एक सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी हो ।

पोखरा महानगरपालिका–३२ कालिका नगरस्थित यो धार्मिक पर्यटकीय तीर्थस्थल यहाँका कालिका चोक, म्याग्दी टोल, टाँडी, तल्लो गगनगौँडा, बेलबुटे, लामेआहाललगायत आसपासका क्षेत्रको आस्था र विश्वासको केन्द्र रहेको यहाँका स्थानीयवासी बताउँछन् । मनले चिताएको पुग्ने तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको यो स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच अघि सारिएको पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की बताउनुुहुन्छ ।

कालिका मन्दिर परिसरको केही तल व्यामशाला बनाउने सोच राखिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो । त्यस्तै नजिकै रहेको हेल्मेट डाँडालाई पर्यटकीयरुपमा विकास गर्ने सोच रहेको उहाँको भनाइ छ ।

बढ्दो बस्ती विकाससँगै विसं १९८० मा समाजसेवी स्व भीमबहादुर बस्नेतको सक्रियतामा स्थानीयवासीको सुख, शान्ति र समृद्धिको कामनासहित कालिका मन्दिरको स्थापना भएको र त्यसलाई थप व्यवस्थित मुखिया चन्द्रबहादुर बस्नेतले गर्नुभएको बुढापाकाबाट सुन्दै आएको स्थानीय समाजसेवी एवं कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विमला थापा बस्नेतले जानकारी दिनुुभयो । यस मन्दिरलाई स्थापना यता समाजका हरेक व्यक्ति, सङ्घसंस्था एवं समूहको साझा प्रयासमा व्यवस्थित गर्दै महत्वपूर्ण तीर्थस्थलका रुपमा विकास गर्दै आइएको उहाँले बताउनुुभयो ।

समयसापेक्षरुपमा यहाँस्थित पुरानो मन्दिरको स्थानमा व्यवस्थित नयाँ मन्दिर बनाउनुुपर्ने आवश्यकता महसुस गरी पोखरा महानगरपालिका वडा नं ३२ बाट रु १५ लाख  विनियोजन भएर काम सुरु गरिएको निर्माण समितिका अध्यक्षसमेत रहनुभएकी उहाँले जानकारी दिनुुभयो । निर्माणाधीन मन्दिरको यही रामनवमीका दिन क्षमा पूजासहित शिलान्यास गरिएको थियो ।

“वडाबाट प्राप्त उक्त रकमले मात्रै हाम्रो योजनाअनुसार मन्दिर बन्नसक्ने देखिदैन । योजनाअनुसार मन्दिर निर्माण गर्दा करिब रु २८ देखि ३० लाखसम्म खर्च लाग्नसक्ने हामीले अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “मन्दिर निर्माण सम्पन्न गर्न वडास्थित आमासमूह, टोल सुधार संस्था, स्थानीय बुद्धिजीवी सबैको जनश्रमदानसमेत गरी निर्माण कार्यलाई तीव्र बनाइएको छ ।”

यस स्थललाई केबल मन्दिरका रुपमा मात्रै नभई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको बताउँदै उहाँले पर्यटकलाई केही समय यस ठाउँमा भुलाउने गरी पूर्वाधार विकास गरिएमा पोखरामा पर्यटकको बसाई थप एक दिन लम्ब्याउन सकिने धारणा राख्नुभयो ।

कलात्मक मन्दिर निर्माण गर्ने सोचका कारण पनि लागत बढ्ने बताउँदै उहाँले वडाको सहयोगका अतिरिक्त विभिन्न सहयोगी महानुभावसँग सहयोगका लागि आह्वान गरिएको बताउनुुभयो । कतिपय व्यक्तिले स्वत:स्फूर्तरुपमा सहयोग बोल्न थालेको उहाँको भनाइ छ ।

इतिहासको साक्षी भएका कारण पनि स्थानीयले प्राचीनकालदेखि चल्दै आएको पूजाआजालाई निरन्तरता दिँदै आएका छन् । मन्दिरमा सय वर्षअघिको इतिहासलाई कायम राख्दै हरेक वर्ष आश्विन शुक्लपक्ष (वडादशैँ) का साथै चैतेदसैँमा विशेष पूजाआजा गर्ने गरिएको छ । मनोकामना पूरा हुने जनविश्वासका कारण कालिका मन्दिरको आस्था र विश्वास दिनानुदिन बढिरहेको यहाँका स्थानीयवासी बताउँछन् ।

पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको रमणीय थुम्कोमा रहेका कारण पोखराको विन्दुवासिनी, भद्रकाली, पृथ्वी राजमार्गमा पर्ने अकला मन्दिर जस्तै यो स्थल धार्मिक पर्यटनको आकर्षक केन्द्र बन्ने विश्वास लिइएको छ ।

मन्दिर निर्माणका लागि वडा कार्यालयले रु १५ लाख विनियोजन गरेसँगै जनसहभागितास्वरुप रु एक लाख ७७ हजार जम्मा गरेर योजना सम्झौता भई काम अघि बढेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष एवं निर्माण समितिका कोषाध्यक्ष खमबहादुर पुनले जानकारी दिनुुभयो ।

उहाँका अनुसार १६ वर्ग स्क्वायर फुटको परिसरभित्र तीनतलाको मन्दिर निर्माण गर्न लागिएको हो । जसअन्तर्गत ११ स्क्वायर फुटमा पहिलो तला बन्नेछ । यसको उचाइ नौ फुटको हुनेछ । दोस्रोतला सात वर्ग स्क्वायर फुटमा छ फुट उचाइको हुनेछ भने तेस्रो तला चार वर्ग स्क्वायर फुटसहित चार फुट उचाइमा हुनेछ । मन्दिरमा भक्तपुरका कालीगढले बनाएका कलात्मक झ्यालढोका राखिने उहाँले बताउनुुभयो ।

मन्दिरमा भक्तपुरे कालीगढले बनाएको एक ढोकासहित १० वटा आँखी झ्याल राखिनेछ । जसअन्तर्गत पहिलोतलामा ढोका र दुई वटा झ्याल रहने छन् । दोस्रो र तेस्रोतलामा चार/चार वटा झ्याल रहनेछन् । अगामी वर्ष वडा कार्यालय र महानगरपालिकाको सहयोगमा तेस्रो तल्लामा कालिका देवीको मूर्ति कुँदिएका कलात्मक टुँडालका साथै पित्तलको छाना राख्ने योजना रहेको उहाँले जानकारी दिनुुभयो ।

नजिकै रहेको हेल्मेट डाँडालाई पनि पर्यटकीयरुपमा जोड्ने वडा कार्यालयको लक्ष्य छ । झट्ट हेर्दा हेल्मेट आकारको भएकोले हेल्मेट डाँडाका रुपमा परिचित जङ्गलै जङ्गलले भरिएको यो स्थानमा पर्यटकीय पूर्वाधार विकास गर्ने सोच अघि सारिएको प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले बताउनुुभयो ।

“हामी हेल्मेट डाँडा र कालिका मन्दिर रहेको थुम्कालाई समेटेर पर्यटकीयरुपमा विकास गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “हेल्मेट डाँडाबाट कालिका मन्दिर रहेको थुम्कोमा जिपलाइन सञ्चालन गर्ने सम्भाव्यता अध्ययन पनि गर्न लागेका छौँ ।”

हेल्मेट डाँडामा पर्यटकीय पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिकाबाट रु २५ लाख विनियोजन भएकामा उक्त रकमबाट छ फिट चौडाइ र तीन सय ६८ मिटर लम्बाइको सिँढी बाटो निर्माण गर्न लागिएको उहाँले जानकारी गराउनुुभयो । रासस