२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरीर बन्धक बनाई जबरजस्ती करणी र डाँका कसूरका फरार अभियुक्त पक्राउ



अ+ अ-

काठमाडौं । घर पुर्‍याई दिने भनी शरीर बन्धक गरी राखेर जबरजस्ती करणी गरेको फरार अभियुक्त पक्राउ भएको छ । सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गा.पा. ४ गुन्टे गाँउ घर भएका २४ वर्ष कैलाश भन्ने रोहन नेपाली पक्राउ परेका हुन् ।

परिवर्तित नाम चौतारालाई २०७७ असोज १५ गते बेलुका ७:०० बजे घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी लिएर गएको तर घर तर्फ नलगी अपहरण तथा शरीर बन्धक गरी सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा. ४ स्थित मान्जे भन्ने ठाँउमा लगेर अन्य प्रतिवादीहरूसँग मिलेर उनलाई जबरजस्ती करणी गरेको हो ।

साथै निजले लगाएको गरगहना समेत लुटपाट गरेर फरार भएका अभियुक्तलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाण्डौको कलंकीबाट पक्राउ गरेका छ । अपराध महाशाखाबाट आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाईएको छ ।