• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

इम्प्याक्ट प्लेयर नियमविरुद्ध उभिए आरोन फिन्च



एजेन्सी । अष्ट्रेलियाका लिजेण्ड आरोन फिन्चले आईपीएलमा प्रयोग हुने इम्प्याक्ट प्लेयर नियमको विरोध गरेका छन् । कमजोर रणनीतिका साथ मैदानमा उत्रिएको टोलीका कमजोरीलाई यसले उजागर नगरेको उनले बताए । उत्कृष्ट रणनीतिको साथ बाहिर आउने टोलीले फाइदा लिन नसक्ने उनको भनाई छ ।

अर्कोतर्फ भने यसबारे पूर्व भारतीय खेलाडी सुब्रमण्यम बद्रीनाथले इम्प्याक्ट प्लेयर नियमका कारण आशुतोष शर्मा र शशांक सिंह जस्ता खेलाडीले प्लेटफर्म पाएको बताए ।

भारतका कप्तान रोहित शर्माले केही दिनअघि इम्प्याक्ट प्लेयर नियम हटाउनु पर्ने बताएका थिए । जसका कारण शिवम दुबे र अभिषेक शर्मा जस्ता अलराउन्डरले बलिङ गर्ने मौका पाएका छैनन् । फिन्च सहमत भए र अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीको इम्प्याक्ट प्लेयर नियम नरहेको बताए । जसका कारण कप्तानलाई रणनीति बनाउन समस्या भइरहेको छ ।

अर्कोतर्फ, इम्प्याक्ट प्लेयर नियमबाट अनक्याप्ड खेलाडीहरूलाई फाइदा भएको बद्रीनाथको विश्वास छ । आकाश मधवाल, शशांक, रमनदीप सिंह र आशुतोष जस्ता खेलाडीले यो नियमका कारण १२ औं खेलाडी बनेर आईपीएल खेल्न सक्ने उनी बताउँछन् ।