• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   रन्जिताले लेखिन् कविता ‘तानाशाही प्रवृती’ ★   आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु: बामदेव गौतम  ★   नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु ★   सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गनुहोस: प्रधानमन्त्री ★   नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै ★   टी–२० विश्वकपलाई लिएर आतंकवादबाट धम्की आयो ! ★   दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा ★   सिन्धुलीको जुनारमा प्रोटिन–वेट छिट्न सुरु ★   विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौँ: परराष्ट्रमन्त्री श्रेष्ठ ★   कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

इम्प्याक्ट प्लेयर नियमविरुद्ध उभिए आरोन फिन्च



एजेन्सी । अष्ट्रेलियाका लिजेण्ड आरोन फिन्चले आईपीएलमा प्रयोग हुने इम्प्याक्ट प्लेयर नियमको विरोध गरेका छन् । कमजोर रणनीतिका साथ मैदानमा उत्रिएको टोलीका कमजोरीलाई यसले उजागर नगरेको उनले बताए । उत्कृष्ट रणनीतिको साथ बाहिर आउने टोलीले फाइदा लिन नसक्ने उनको भनाई छ ।

अर्कोतर्फ भने यसबारे पूर्व भारतीय खेलाडी सुब्रमण्यम बद्रीनाथले इम्प्याक्ट प्लेयर नियमका कारण आशुतोष शर्मा र शशांक सिंह जस्ता खेलाडीले प्लेटफर्म पाएको बताए ।

भारतका कप्तान रोहित शर्माले केही दिनअघि इम्प्याक्ट प्लेयर नियम हटाउनु पर्ने बताएका थिए । जसका कारण शिवम दुबे र अभिषेक शर्मा जस्ता अलराउन्डरले बलिङ गर्ने मौका पाएका छैनन् । फिन्च सहमत भए र अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीको इम्प्याक्ट प्लेयर नियम नरहेको बताए । जसका कारण कप्तानलाई रणनीति बनाउन समस्या भइरहेको छ ।

अर्कोतर्फ, इम्प्याक्ट प्लेयर नियमबाट अनक्याप्ड खेलाडीहरूलाई फाइदा भएको बद्रीनाथको विश्वास छ । आकाश मधवाल, शशांक, रमनदीप सिंह र आशुतोष जस्ता खेलाडीले यो नियमका कारण १२ औं खेलाडी बनेर आईपीएल खेल्न सक्ने उनी बताउँछन् ।