१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’

कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
अ अ+ अ-

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपालको राजकीय भ्रमणमा खबरलाई आज काठमाडौँबाट प्रकाशित अखबारले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा कतारका अमिर मङ्गलबार काठमाडौँ आउनुभएको हो ।

मङ्गलबार अपराह्न काठमाडौँ ओर्लेपछि कतारका अमिरले साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको थियो । उहाँ मङ्गलबार राति राष्ट्रपति पौडेलले आयोजना गर्नुभएको राजकीय भोजमा सरिक हुनुभएको थियो । कतारी अमिरले आज प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने र शिक्षा, खेलकुदलगायत क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौताा हस्तक्षर गर्ने कार्यक्रम छ ।

काठमाडौँबाट प्रकाशित प्रमुख अखबारले राष्ट्रपति पौडेल र कतारी अमिरबीचको भेटवार्तालाई प्रमुखताका साथ छापेका छन् । अधिकांश अखबारले सो भेटवार्तामा इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न राष्ट्रपति पौडेलले गर्नुभएको आग्रहलाई समाचारको मुख्य विषय बनाएका छन् ।

देशको सबैभन्दा पुरानो गोरखापत्र’ दैनिकले प्रथम पृष्ठमा राष्ट्रपति पौडेल र अमिर थानीबीच भेटवार्ता भेटवार्ता भएको र त्यसबाट बृहत साझेदारीको मार्ग प्रशस्त भएको सम्बन्धी समाचार प्रकाशन गरेको छ । उक्त भेटमा राष्ट्रपति पौडेलले नेपाल र कतारबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सरकारबीचको आपसी सम्बन्ध र जनसम्बन्धको विकास र विस्तारमा योगदान पुर्‍याउने बताउनुभएको समाचारमा उल्लेख छ ।

भेटमा राष्ट्रपति पौडेलले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गर्नुभएको सम्बन्धी समाचारलाई पनि प्राथमिकताका साथ छापेको छ । राष्ट्रपतिसँगको भेटमा कतारका अमिरले नेपाल र कतारबीचको लामो सहकार्यलाई थप सुदृढ तुल्याउन कतार सरकारले बलियो पहल गर्ने बताउनुभएको विषयलाई पनि गोरखापत्रले प्रमुखताका साथ समेटेको छ ।

‘कान्तिपुर’ दैनिकले राष्ट्रपति पौडेलसँग भेटका लागि शीतलनिवासमा पुग्नुभएका कतारी अमिरको तस्वीर पहिलो पृष्ठमा छापेको छ । कान्तिपुरले कतारी अमिरको नेपाल भ्रमणसम्बन्धी समाचार दोस्रो र तेस्रो पृष्ठमा प्रकाशित गरेको छ । कान्तिपुरले ‘कतारी अमिर: कान्छा युवराजदेखि प्रभावशाली शासकसम्म’ शीर्षकमा पूरा पृष्ठमा अमिरको उदय, कतारी समृद्धिको संवाहक तथा विश्वमञ्चमा समन्वयकारी र नेतृत्वदायी भूमिकामा देखिने प्रयास गरिरहेको विषयलाई समेटेको छ ।

यस्तै तेस्रो पृष्ठमा राष्ट्रपति पौडेलसँग कतारी अमिरको भेटसम्बन्धी समाचार र तस्वीर प्रकाशन भएको छ । उक्त समाचारमा इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता नेपाली विद्यार्थी जोशीको रिहाइका लािग पहल गरिदिन राष्ट्रपति पौडेलले गर्नुभएको आग्रहलाई मुख्य विषय बनाइएको छ । कान्तिपुरले चार जेट विमानसहित कतारी अमिर काठमाडौँ ओर्लिएको, आज प्रधानमन्त्री दाहालसँग द्विपक्षीय भेटवार्ता गर्ने र पाँच समझदारीपत्रमा हस्ताक्षर हुने समाचार पनि प्रकाशन गरेको छ ।

‘नयाँ पत्रिका’ दैनिकले कतारी अमिरको भ्रमणसम्बन्धी खबरलाई पहिलो पृष्ठमा नै समावेश गरेको छ । राष्ट्रपति पौडेल र कतारी अमिरबीच वार्ता भएको र सो वार्तामा नेपाली विद्यार्थी जोशीको रिहाइदेखि कतारमा काम गर्ने नेपाली श्रमिकको सुरक्षा र नेपालमा लगानीसम्मका विषयमा छलफल भएको नयाँ पत्रिकाले उल्लेख गरेको छ । नयाँ पत्रिकाले कतारी अमिरले नेपाली विद्यार्थी जोशीको रिहाइका लागि पहल गर्ने, जलवायु परितर्वनको मुद्दामा राष्ट्रपतिको चासो, विमानस्थलमा भव्य स्वागत, आज प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्ने तथा कतारी अमिरको सुरक्षामा प्रविधिको अधिकतम् प्रयोग उपशीर्षकमा समाचार छापेको छ ।

‘अन्नपूर्ण पोष्ट’ दैनिकले कतारका अमिरको नेपाल भ्रमणसम्बन्धी समाचार ‘विपिन उद्धारको पहल गरिदिन कतारी राजासँग राष्ट्रपतिको आग्रह’ शीर्षकमा ‘एङ्कर न्यूज’का रुपमा प्रकाशन गरेको छ । उक्त समाचारमा कतारी अमिर थानीले ‘नेपालसँग सहयोगका क्षेत्र बढाउन कतार प्रतिबद्ध’ उपशीर्षकमा सोसम्बन्धी विषयलाई पनि छापेको छ । अन्नपूर्ण पोष्टले कतारी राजालाई विमानस्थलमा २१ तोपको सलामी दिइएको, सुरक्षा व्यवस्था कडा पारिएको तथा अमिरको भ्रमणमा मन्त्री र उच्च पदस्थ अधिकारी सहभागी भएको उल्लेख गरेको छ ।

‘राजधानी’ दैनिकले पनि अमिरको नेपाल भ्रमणसम्बन्धी समाचारलाई प्रमुखताका साथ प्रकाशन गरेको छ । पहिलो पृष्ठमा ‘राष्ट्रपति पौडेल र कतारका अमिरबीच द्विपक्षीय छलफल’ शीर्षकमा समाचार छापिएको छ । मध्यपूर्वमा बढेको द्वन्द्वप्रति राष्ट्रपति पौडेलले चिन्ता व्यक्त गर्नुभएको विषयलाई समाचारमा समेटिएको छ । राजधानीले दोस्रो पृष्ठमा ‘कतारी अमिर नेपालमा’ शीर्षकमा ‘फोटो फिचर’ पनि छापेको छ । कतारी भ्रमणदलमा सहभागी, प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता तथा सम्झौता र दक्षिण एसियामा पहिलो श्रम सम्झौता गर्ने मुलुक कतार उपशीर्षकमा भ्रमणसम्बन्धी समाचार प्रकाशन गरेको छ ।

‘हिमालय टाइम्स’ दैनिकले ‘मध्यपूर्व एसियाबाट पहिलो उच्चस्तरीय भ्रमण’ शीर्षकमा पहिलो पृष्ठमा कतारी अमिरको भ्रमणसम्बन्धी समाचार छापेको छ । हिमालय टाइम्सले ‘डेढ सय जनाको भ्रमण दल, ११ जनाको विशेष प्रतिनिधिमण्डल छुट्टै’, ‘विपिन जोशी रिहाइका लागि पहल गरिदिन राष्ट्रपतिको आग्रह’, ‘आज प्रधानमन्त्रीसँग भेटवार्ता, के–के विषयमा हुँदै छ समझादारी र सम्झौता ?’, ‘कतारबाट नेपालले पैसा र प्रविधि ल्याउन सक्नुपर्छ: पूर्वराजदूत उपाध्याय’ र ‘श्रमिकको हितअनुकूल श्रम सम्झौता परिमार्जन गर्न आवश्यक : पूर्व–परराष्ट्रमन्त्री डा खड्का’ उपशीर्षकमा पुरक समाचार पनि प्रकाशन गरेको छ ।

अङ्ग्रेजी दैनिक ‘द राइजिङ नेपाल’ले राष्ट्रपति पौडेल र कतारी अमिरबीचको भेटवार्तासम्बन्धी समाचारलाई पहिलो पृष्ठमा छापेको छ । कतारी अमिरको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएकोसम्बन्धी समाचार पनि राइजिङ नेपालमा छ । अर्को अङ्ग्रेजी दैनिक ‘द काठमाडौँ पोष्ट’ले पनि राष्ट्रपति पौडेल र कतारी अमिरको भेटसम्बन्धी समाचारलाई पहिलो पृष्ठमा प्रकाशन गरेको छ । सो भेटमा राष्ट्रपति पौडेलले नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन गरेको आग्रहलाई प्रमुख विषय बनाइएको समाचार काठमाडौँ पोष्टले छापेको छ ।
विद्युतीय सञ्चार माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सार्वजनिक तथा निजी क्षेत्रका प्रसारण संस्था तथा सबै ‘अनलाइन न्युजपोर्टल’ले कतारी अमिरको भ्रमणसम्बन्धी समाचार एवं तस्वीर प्रकाशन एवं प्रसारण गरेका छन् ।