१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसमः तराईमा हुस्सु/कुहिरो, पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ साथै तराईका भू–भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भूभागहरुमा बिहानीपख हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन ले अनुरोध गरेको छ ।

मंगलबार देशका प्रदेश न। १ र गण्डकी प्रदेशको पहाडी भू(भागहरूमा आंशिक बदली रहि  उच्च पहाडी तथा हिमाली भु(भागका १ वा २ स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।