• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला



काठमाडौँ । जनकपुरधामस्थित एक होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ । रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।

होटेलको कोठा भित्र चुकुल लागेको अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरी लोहारपट्टी नगरपालिका ४ खुट्टाकी २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

मंगलवार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुवैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताउनु भयो । कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएको देखिएको थियो ।

धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ । दुवैजना चार दिनदेखि होटेलमा थिए । मृतक पुरूषका चार र महिलाको १ सन्तान छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।