• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलः बैंगलोरलाई हराउँदै राजस्थान क्वालिफायर २ मा, फाइनल पुग्न हैदरावादसँग भिड्ने ★   वीर अस्पतालको अनुगमनमा जे देखियो… ★   सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री ★   स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर ★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने

सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिन्छ – गृहमन्त्री



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताउनु भएको छ ।

इलामको चुलाचुलीमा आज आयोजित चुनावी सभामा बोल्दै मन्त्री लामिछानेले नीति ल्याएर, कानून बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताउनु भएको हो।

‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानून ल्याएर भएपनि जनताको बचत फिर्ता गरिन्छ’ लामिछानेले भन्नुभयो– ‘सञ्चालकको जायजेथा बिक्रि गर्न कानून अभाव भनिएको छ, यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ।

रास्वपाका सभापति समेत रहनुभएका लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पूराना दलहरुले आफूहरुलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गर्नुभयो।

अहिलेसम्म जसजसले जनतालाई झुक्याए पनि अब नसक्ने भन्दै लामिछानेले इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने दाबी पनि गर्नुभयो।

उहाँले अगाडि भन्नुभयो – ‘इलाममा अहिलेसम्म कतिले झुक्याएर थाहा छैन, तर यसपटक इलामेली जनताले विवेक प्रयोग गरेर घण्टीमा भोट हालेर सबैलाई झुक्याउने छन्’ उहाँले भन्नुभयो– तर यो झुक्याइले देशभर परिवर्तनको लहर ल्याउने छ। र, त्यो लहरले २०८४ मा रास्वपाको एकलौटी विजय यात्रालाई कसैले रोक्न सक्दैन।’

पुराना दलले वर्षौसम्म आफ्ना समस्या समाधान नगरेको गुनासो गरिरहने नागरिकले फेरि पनि तिनलाई नै भोट दिने कि मत बदल्ने भन्ने प्रश्न गर्दै लामिछानेले भन्नुभयो ‘अब गुनासो गर्ने होइन, मन र मत बदल्ने हो। पुरानै पार्टीमा बस्नुस्, भोट माग्न आउँदा हुन्छ पनि भन्नुस्। तर, मत घण्टीमा दिनुस्। परिवर्तनका लागि नागरिकले नै कदम अगाडि बढाउनु पर्छ। इलामले पनि अब परिवर्तनको घण्टी बजाउने बेला भइसक्यो।’

मौन अवधिमा मतदाताको विवेक र इमान खरिदको प्रयास हुने भन्दै लामिछानेने सचेत रहन आग्रह गर्नुभयो। चुनावी सभामा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले मत फेरेर आफु आवद्ध वा माया गर्ने दललाई सुर्धन दबाब बढाउन तथा राजनीतिको पुरानो प्रवृत्ति, शैली र पात्र परिवर्तन गर्न सुझाव दिनुभयो।

रास्वपाका उम्मेदवार मिलन लिम्बूले पुराना दलले वर्षौदेखि बाँड्दै आएको भ्रमबाट मुक्त भएर इलामेली मतदाताले आफूलाई रोजे उनीहरुको चाहना समबोधनमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भएको थियो।