६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बंगलादेश बैंकको नाफामा १६.५२ प्रतिशतको बढ्यो, खुद ब्याज भने ८.०१ प्रतिशतले घट्यो



अ+ अ-

काठमाडौं ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बंगलादेश बैंकको खुद नाफा १६.५२ प्रतिशतले बढेर ९४ करोड १२ लाख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ८० करोड ७७ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ । गत वर्षको यसै त्रैमाससम्म एक अर्ब ३५ करोड ५२ लाख ४१ हजार रुपियाँ रहेको बैंकको आम्दानी यस वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८.०१ प्रतिशतले घटेर १ एक अर्ब २४ कारेड ६६ लाख ६५ हजार रुपियाँ कायम भएको छ ।

यता बैंकको सञ्चालन नाफा भने १८.८९ प्रपतशतले बढेर एक अर्ब ३३ करोड ९० लाख ५२ हजार रुपियाँ कायम भएको छ । गत वर्षको यसै त्रैमाससम्म बैंकको सञ्चालन नाफा एक १२ करोड ६२ लाख ९४ हजार रुपियाँ थियो ।

बैंकको प्रतिशेयर आम्दानी २२ रुपियाँ १६ पैसा रहेको छ । यो गत वर्षको यसै अवधिको भन्दा दुई रुपियाँ १९ पैसाले धेरै हो । गत वर्षको यसै त्रैमाससमम्म बैंकको प्रतिशेयर आम्दानी १९ रुपियाँ ९७ पैसा थियो । 

बैंकको प्रतिशेयर नेटवर्थ पनि ९ रुपियाँ ८ पैसाले बढेर १६५ रुपियाँ ५० पैसा कायम भएको छ । गत वर्षको यस त्रैमाससम्म बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपियाँ ४२ पैसा रहेको थियो । बैंकको खराब कर्जा २.३७ प्रतिशत रहेको छ । यो गत वर्षको यसै त्रैमाससम्मकोल भन्दा ०.४५ प्रतिशतले धेरै हो । 

पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा पनि ५.१६ प्रतिशतले बढेर ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको वितरण योग्य नाफा ४३ करोड ८१ लाख ३२ हजार रुपैयाँ थियो ।

बैंकको हाल चुत्ता पुँजी ८ अर्ब ४९ करोड ५८ लाख १४ हजार रुपियाँ छ भने जगेडा कोषमा ४ अर्ब ४६ करोड ९५ लाख ६८ हजार रुपियाँ रहेको छ । बैंकले यस त्रैमाससम्म ७० अर्ब आठ कारोड ९७ लाख ९८ हजार रुपियाँ निक्षेप संकलन गरेको छ । यस्तै, यस त्रैमाससम्म बैंकले ६० अर्ब ९२ करोड ६७ लाख ६८ हजार रुपियाँ कर्जा लगानी गरेको छ ।