५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान



अ+ अ-

एजेन्सी । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे इरानको देशले कठोर प्रतिक्रिया दिने चेतावनी दिनुभएको छ ।

सिरियामा रहेको इरानी वाणिज्य दुतावास विरुद्ध अप्रिल १ मा भएको घातक इजरायली हमलाको जवाफमा इरानले इजरायल विरुद्ध हालै गरेको ठूलो प्रतिकारात्मक सैन्य कारबाहीमा टिप्पणी गर्दै उहाँले राजधानी तेहरानमा सो टिप्पणी गर्नुभएको हो ।

कनानीले इरानको कुटनीतिक परिसरमा इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र नियमहरूको आक्रामक उल्लङ्घन भएको बताउनु भयो । उहाँले तेहरानले आफ्नो प्रतिशोधात्मक अपरेशन समाप्त भएको र यसको उद्देश्यहरू हासिल भएको ठानेको भन्दै यदि इजरायलले अर्को गल्ती गरे इरानको प्रतिक्रिया कठोर र अधिक निर्णायक हुने चेतावनी दिनुभयो ।