२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको आईपीएलः चेन्नई र लखनउ भिड्दै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मंगलबार चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक) मा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दुबै टोली जारी सिजनमा दोस्रो पटक आमनेसामने हुनेछन् । यसअघिको भेटमा लखनउ ८ विकेटले विजयी भएको थियो ।

यो खेल दुवै टोलीको यो सिजनको आठौं खेल हुनेछ । दुवै टिमले ७ मध्ये ४ कम जित र ३ खेलमा हार ब्यहोरेका छन् । तर, राम्रो रन रेटका कारण चेन्नई चौथो स्थानमा र लखनउ पाँचौं स्थानमा छ ।

आईपीएलमा चेन्नई र लखनउबीच ४ खेल खेलिएको छ । २ मा लखनउ र १ मा चेन्नई विजयी भएको थियो । दुईबीचको एक खेल अनिर्णित रह्यो ।

५ पटकको आईपीएल च्याम्पियन चेन्नई सुपर किंग्सले यस पटक ३ खेलमा हार बेहोरेको छ भने चेपौक मैदानमा मात्रै ४ मध्ये ३ जित निकालेको छ । आजको खेल पनि चेपौकमा हुने भएकाले टोलीको जितको सम्भावना पनि उच्च छ । तर, लखनउ, दिल्ली र हैदरावादसँग ३ हार बेहोरेको टोलीले आज फेरि लखनउसँग खेल्दैछ ।

टोलीका लागि अलराउन्डर शिवम दुबेले सर्वाधिक रन बनाएका छन् । उनले ७ खेलमा २४५ रन बनाएका छन् । कप्तान रुतुराज गायकवाड २४१ रन बनाएर दोस्रो स्थानमा छन् । यो सिजन मुस्ताफिजुर रहमान र मथिश पाथिरानाले राम्रो प्रदर्शन गरिरहेका छन् । मुस्ताफिजुर ११ विकेटका साथ टिमका सर्वाधिक विकेट लिने बलर हुन् ।

अर्कोतर्फ लखनउले सिजनको पहिलो खेल राजस्थानसँग हारे पनि त्यसपछि लगातार ३ खेल जितेको थियो । दिल्ली र कोलकातासँग हार बेहोरे पनि अन्तिम खेलमा चेन्नईलाई पराजित गर्दै टोलीले पुनरागमन पनि गरेको छ । लखनउका कप्तान केएल राहुल सर्वाधिक रन बनाउने खेलाडी हुन्, उनले ७ खेलमा २८६ रन बनाएका छन् । यस्तै, यश ठाकुरले टोलीका लागि सर्वाधिक (८ विकेट) लिएका छन् ।

चेन्नईको एमए चिदम्बरम स्टेडियमको पिच स्पिनरहरूका लागि उपयोगी साबित भएको छ । यहाँ ब्याटिङ गर्न अलि कठिन हुन्छ । अहिलेसम्म यहाँ ७९ आईपीएल खेल खेलिएका छन् । ४७ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् भने ३२ खेल पछ्याउने टोलीले जितेका छन् । यहाँ उच्चतम टोली स्कोर २४६र५ हो, जुन घरेलु टोली चेन्नई सुपर किंग्सले २०१० मा राजस्थान रोयल्स विरुद्ध बनाएको थियो ।

आजको दिन चेन्नईको तापक्रम २९ डिग्रीदेखि ३५ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ । आज यहाँ पानी पर्ने कुनै सम्भावना छैन ।