२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२० मा किन छिटो घुम्यो पृथ्वी ?



अ+ अ-

एजेन्सी । कोरोना भाइरस महामारीका कारण लकडाउनले घरमा बस्नु पर्दा समय विताउन गाह्रो भएको होला, मानौं समय रोकिएको हो कि भन्ने लागेको होला, तर गत बर्ष आंकडाले समय छिटो गुज्रेका देखाएको छ । गएको बर्ष वास्तव मै पृथ्वी आफ्नो कक्षमा सामान्य भन्दा अलि छिटो घुमेको थियो । त्यसैले दिनको लम्बाई १४ घन्टा भन्दा केही कम भएको थियो । अब यसको प्रभावलाई लिएर दिन गणनालाई सच्याउनु पर्ने हो वा होइन भन्ने विषयमा चर्चा शुरु भइसकेको छ ।

यसअघि कहिले पनि नेगटिभ लिप सेकेन्डलाई समयमा जोडिएको थिएन तर सन् १९७० देखि अहिलसम्ममा २७ पटक एक सेकेन्ड बढाइएको थियो जब पृथ्वीले २४ घन्टा भन्दा धेरै समय लगाई एक चक्कर पुरा गरेको थियो । यद्यपी गत बर्ष त्यसमा कम समय लागेको छ । सन् १९६० पछि अटोमेटिक घडिहरुले दिनको लम्बाईको सटिक रिकर्ड राख्दै आएको छ ।

यसका अनुसार ५० बर्ष पृथ्वीले आफ्नो कक्षमा घुम्न २४ घन्टा भन्दा कम ८६ हजार ४ सय सेकेन्डको समय लगाएको छ । यद्यपी सन् २०२० बीचमा यो उल्टो भएको छ र अब एक दिन पुरा हुन ८६ हजार ४ सय सेकेन्ड भन्दा कम समय लागेको छ । २०२० मा दिन २४ घन्टाभन्दा करिब साढे १ मिलिसेकेन्ड कम थियो जुन अहिलेसम्मको सबैभन्दा छोटो दिन थियो । अहिले हरेक दिन आधा सेकेन्ड पहिले नै समाप्त हुने गरेको छ ।

समयमा भइरहेको यो परिवर्तनले ठूलो स्तरमा धेरै असर पार्न सक्छ । उपग्रह र सम्पर्क उपकरण सोलार टाइमको हिसाबले काम गर्छ जुन तारा, चन्द्रमा र सुर्यका स्थितिमा निर्भर गर्छ । यसलाई काम राख्न पेरिस इन्टरनेसनल अर्थ रोटेसन सर्विस पहिला लिप सेकेन्ड जोड्ने गथ्र्यो।