२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैदी थुन्ने खोर सहितको घर बिक्रीमा



अ+ अ-

एजेन्सी । संयुक्त राज्य अमेरिकाको भर्मोन्ट स्थित बिक्रिमा राखिएको एउटा घरको अनौठो विशेषताको कारण अनलाइनमा भाइरलले भएको छ । वास्तवमा विगतमा काउन्टिको कारागार रहेको सो घरमा कैदी थुन्ने सातवटा खोर पनि छन् ।

गिल्डहलमा रहेको सो घर बिक्रिका लागि तस्वीर सहित रियलटर डटकममा विज्ञापन गरिएको छ । सन् १९६९ मा एस्सेक्स काउन्टी जेलको रुपमा यसको प्रयोग बन्द भएपछि यसलाई जेलरको रुपमा प्रयोग गरिँदै आएको थियो । यस घरको उत्तरतिरको पर्खालसंग जोडिएको कारगार भवनमा झ्याल रहित सातवटा खोर रहेको छ ।

उक्त विज्ञापनमा यस घरमा पुरानै जस्ताको त्यस्तै खोर र जेलरको कार्यालय रहेको उल्लेख गरिएको छ । १ लाख ४९ हजार अमेरिकी डलर मूल्य तोकिएको यस घरमा चारवटा शयन कक्ष , दुईवटा बाथरुम र एउटा स्टेनलेस स्टिलका सामग्री सहितका अत्याधुनिक किचेन रहेको बताइएको छ ।