११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित

आँखै अगाडि खरानी बने सम्पत्ति र सपना

आँखै अगाडि खरानी बने सम्पत्ति र सपना
अ अ+ अ-

तम्घास : गुल्मीको इस्मा गाउँपालिका-२ का चन्द्रबहादुर कुँवरले पाँच वर्षअघि १४ लाख खर्चेर दुईतले पक्की घर बनाउनुभएको थियो । जीवनमा धेरै दुखले बनाएको सोही घर शनिबार गाउँमा पसेको आगोले निमेषभरमा खरानी भयो । जङ्गलबाट आगो बस्तीमा पस्दा उहाँको घरगोठसहित कुटानी–पिसानी गर्ने मिल र नौवटा बाख्रा आगोमा परे ।

एक महिना अघिमात्र कान्छा छोराको बुहारी भित्र्याउनुभएको उहाँको बिहेका गर-गहनासहित घरमा भएका अन्न, लत्ताकपडा, गोठमा भएको घाँसपात केही बाँकी रहेनन् । उहाँले सुरु गर्नुभएको व्यावसायिक बाख्रापालनको पनि नाम निशाना रहेन । घरमै सञ्चालन गरेको मिल पनि आगोले खरानी बनायो ।

हेर्दाहेर्दै एकैछिनमा घरसहित सबै सामान जले” उहाँले भन्नुभयो, “आँखै अगाडि सम्पत्ति र सपना दुवै खरानी भयो ।” आफूहरु बल्लतल्ल  घरभन्दा पर पुगेर ज्यान जोगाउन सफल भएको उहाँले बताउनुभयो । गोठमा रहेका भैँसी र गोरु फुकाएर भगाउन भ्याउँदा बाँचे ।

सोही गाउँका घनबहादुर कुँवरले पनि किराना पसल सञ्चालन गर्नुभएको थियो । परिवार चलाउन किराना पसलले सहयोग पुगेको थियो । आगो लागेको दिन शनिबार बिहान उहाँ बिहे भोजको निम्तो गर्न बँेसी झर्नुभएको थियो । सोही समयमा जङ्गलबाट आएको आगोले उहाँको किराना पसल, घर, गोठ र चर्पी जलेर नष्ट भयो ।

“बस्ने बास, लाउने कपडा र अन्नपात सबै जल्यो,” उहाँले भन्नुभयो, “मेरा सबै आशा आगोले एकै छिनमा खरानी बनाइदियो ।” आगोले घर जलेपछि रेडक्रसले दिएको त्रिपालमुनि गुजारा चलाइरहनुभएको छ । आगोले घरका भैँसी र बाख्रा पनि मरेको उहाँले बताउनुभयो ।

सोही ठाउँकी कमला कुँवर शनिबार बिहान बिहे भोज खान छल्दी जानुभएको थियो । त्यही बेला गाउँमा लागेको आगोले उहाँको घर पनि बाँकी राखेन । “बिहान घरबाट निस्कँदा ठिकै थियो, फर्केर आउँदा घर थिएन,” कुँवरले भन्नुभयो, “आगोले मन छियाछिया भएको छ ।” सिङ्गो गाउँ सखाप हुनेगरी आगो लगाउनेलाई कारबाही हुनुपर्ने उहाँको माग छ ।

स्थानीय रामकुमारी थापाले आफ्नो छोरा अर्काको घर जोगाउन जाँदा आफ्नो गोठ जलेको बताउनुभयो । गोठको आगो निभाउन घरको छानो भत्काए पनि सम्भव नभएको थापाको भनाइ छ । गोठमा आगलागी हुँदा दुईवटा भैँसी, दुईवटा बाख्रा र गहना जलेर नष्ट भएको थापाले बताउनुभयो ।

इस्मा रेडक्रसमा कार्यरत बैकुण्ठ कुँवरले अत्यधिक हावाहुरीले गर्दा सिङ्गो गाउँ सखाप भएको बताउनुभयो । “एक्कासि आगोको झिल्को फैलिन थाले, निभाउने र सहयोग गर्ने कुनै मौका रहेन,” उहाँले भन्नुभयो, “धन्न मानवीय क्षति हुन पाएन ।”

आगालगीबाट पीडित उहाँहरु प्रतिनिधिमूलक पात्र मात्रै हुन् । जिल्लाको विभिन्न ठाउँमा आगलागी हुँदा धेरै क्षति भएको छ । त्यसमध्ये पनि इस्मामा सबैभन्दा धेरै क्षति भएको छ । इस्माको वडा नं १, २ तथा ४ मा लागेको आगोले ६० भन्दा धेरै घर–गोठ जलेका छन् । सिङ्गो गाउँ आगोले सखाप बनाएको छ । आगलागीबाट करोडौँका भौतिक संरचना एवं सयौँको सङ्ख्यामा पशुचौपाया मरेका छन् । डढेलोले इस्मामा लु४त ६५३५ नंको ट्र्याक्टर जलेको छ ।

गाउँपालिकाद्वारा सहयोगको अपिल

इस्मा गाउँपालिकाले आइतबार साँझ विज्ञप्ति जारी गरी आगलागी पीडितलाई सहयोगको  अपिल गरेको छ । इस्मावासी आगलागीबाट पीडित भएको भन्दै गाउँपालिकाले सहयोगका लागि सबैसँग अपिल गरेको हो । गाउँपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको तलब र कर्मचारीहरुले एक महिनाको पाँच प्रतिशत तलब आगलागी पीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो ।

सोही क्षेत्रका प्रदेश सांसद डिल्लीराज भुसालले बस्तीको पुनःनिर्माणका लागि पहल गर्ने बताउनुभयो । गुल्मी जिल्लाभरमा आगलागीबाट ३७ घर र ४६ गोठ गरी ८३ घरगोठ जलेका छन् ।रासस