• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

गण्डकी सरकारको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौँ । गण्डकी प्रदेश सरकार गठनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

मुख्यमन्त्रीनियुक्ति विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा सोमबार सुनुवाइ भएको थियो । यसमाथि न्यायाधीशद्वय मल्ल र सुवेदीकै इजलासमा अर्को सुनुवाइ हुनेछ ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेको भन्दै मुख्यमन्त्री बनेपछि पाण्डेले रिट दायर गरेका थिए ।