९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

आजको आईपीएल: शीर्ष स्थानमा रहेको राजस्थान र मुम्बई खेल्दै, यस्तो छ हेड-टु-हेड

आजको आईपीएल: शीर्ष स्थानमा रहेको राजस्थान र मुम्बई खेल्दै, यस्तो छ हेड-टु-हेड
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजनमा आज मुम्बई इन्डियन्सले राजस्थान रोयल्सको सामना गर्दैछ । जयपुरको सवाई मानसिंह स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

सन् २००८ मा पहिलो सिजनको उपाधि जितेको राजस्थान रोयल्स यस सिजनमा ७ मध्ये ६ खेल जितेर १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । उता, मुम्बई इन्डियन्स ७ मध्ये ३ खेल जितेर ६ अंकसहित छैटौं स्थानमा छ । आजको खेल जितेर मुम्बई शीर्ष ४ मा आउन सक्छ । तर, मुम्बईले जयपुरमा ७२ प्रतिशत खेल गुमाएको छ ।

हेड-टु-हेड

१७ औं सिजनमा दुवै टोली दोस्रो पटक आमनेसामने हुँदैछन् । यसअघि मुम्बईलाई राजस्थानले हराएको थियो ।

आईपीएलमा दुई टोलीबीच जम्मा २९ खेल खेलिएका छन् । मुम्बईले १५ र राजस्थानले १३ जित हात पारेको छ भने एक खेल पनि अनिर्णित रह्यो । जयपुरमा यी दुईबीच ७ वटा खेल भएका छन्। जसमा मुम्बईले २८५ अर्थात २ पटक मात्रै जितेको छ भने घरेलु टोलीले ५ खेल जितेको छ ।

राजस्तानका कप्तान सञ्जु सामसन, जोस बटलर र रायन परागले २५० भन्दा बढी रन बनाएका छन् । पराग ३१८ रन बनाएर टिमका सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । बलरमा आवेश खान, ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । चहल १२ विकेट लिएका छन् ।

यता, मुम्बई इन्डियन्सका पूर्व कप्तान रोहित शर्मा, इशान किशन र सूर्यकुमार यादव उत्कृष्ट लयमा छन् । रोहितले टोलीका लागि सर्वाधिक २९७ रन बनाएका छन् । बलरमध्ये जसप्रित बुमराह र जेराल्ड कुटीजले राम्रो खेलिरहेका छन् । बुमराहले १३ विकेट लिएका छन् ।

पिच रिपोर्ट

जयपुरको पिच ब्याटिङ मैत्रीपूर्ण छ, यस सिजनमा यहाँ ४ खेल खेलिएका छन् र प्रत्येक पटक १८० भन्दा बढी रन बनाएका छन् । दुई पटक पहिले ब्याटिङ गर्ने टोलीले र दुई पटक पछि ब्याटिङ गर्ने टोलीले खेल जितेको छ । टस जित्ने टोलीले पहिले बलिङ रोज्न सक्छ।

राजस्थान रोयल्सको सम्भावित प्लेईङ​ ११:

सञ्जु सैमसन (कप्तान र विकेटकीपर), जोस बटलर, यशस्वी जैसवाल, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रोभमान पावेल, रविचन्द्रन अश्विन, आवेश खान, ट्रेन्ट बोल्ट, नान्द्रे बर्गररकेशव महाराज।

ईम्प्याक्ट खेलाडी: कुलदीप सेन, शुभम दुबे।

मुम्बई इन्डियन्सको प्लेईङ​ सम्भावित ११:

हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, तिलक वर्मा, मोहम्मद नाबी, टिम डेभिड, रोमारियो शेफर्ड, श्रेयस गोपाल, जेराल्ड कोएत्जी र जसप्रित बुमराह।

ईम्प्याक्ट खेलाडी: आकाश मधवाल, नेहल वढेरा, नमन धीर।