• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा

महालक्ष्मी–९ लामाटारका ज्येष्ठ नागरिकलाई तीर्थाटनको तयारी



ललितपुर । ललितपुरको महालक्ष्मीनगरपालिका वडा नं ९ कार्यालय लामाटारले सो वडाका ६५ देखि ७४ वर्षसम्मका एक सय जना ज्येष्ठ नागरिकलाई आध्यात्मिक जागरण कार्यक्रमअन्तर्गत धार्मिक तीर्थाटनमा लैजाने तयारी गरेको छ ।

यही वैशाख १४ र १५ गते दुईदिने धार्मिक तीर्थाटनको लागि वडाले सो वडाका उक्त उमेर समूहका जेष्ठ नागरिकको नाम संकलन गरि तीर्थाटनको तयारी गरिरहेको हो ।

वडाको आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रमअनुसार विनियोजन गरिएको बजेटबाट जेष्ठ नागरिकहरुलाई धार्मिक तीर्थाटनमा सहभागी गराउनलागिएको वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीले बताए ।

जेष्ठ नागरिकहरुलाई धार्मिक तीर्थाटनका लागि उनीहरुको मागबमोजिम चितवनको देवघाटधामलगायतका धार्मिकस्थलको भ्रमण गराइने वडाध्यक्ष बोगटीले बताए ।

७५ वर्षदेखि माथिका जेष्ठ नागरिकलाई भने उनीहरुको स्वास्थ्य र उमेरका कारण हिँड्डुल गर्न अलि समस्या पर्ने भएकाले यो कार्यक्रममा सहभागी नगराइने वडाध्यक्ष बोगटीले बताए ।

सो वडा कार्यालयले गत पुस १५ गते सो वडाका ७५ वर्ष नाघेका २३० जना जेष्ठ नागरिकलाई न्यानो ओढ्ने र बुढेसकालको सहारा लौरो दिएर सम्मान गरेको थियो ।