२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोः रियलले बार्सिलोनालाई हरायो



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ ।

गएराति भएको ‘एल क्लासिको’मा रियलले चीर प्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ गोलले पराजित गरेको हो । रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले लिएको थियो ।

खेलको छैटौं मिनेटमा नै एन्ड्रीयास क्रिस्टेन्सेनले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै रियललाई बराबरीमा ल्याए ।

६९ औं मिनेटमा फेर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई २–१ गोलले अघि बढाए । तर, त्यसको चार मिनेट पछि नै अर्थात् ७३ औं मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै रियललाई २–२ गोलको बराबरीमा ल्याए ।

यस्तै, खेल सकिनै लाग्दा इन्जुरी समयमा जुड बेलिङहमले गोल गर्दै रियललाई ३–२ गोलको जित दिलाए । जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासँग ११ अंकको अग्रता बनाएको छ । ३२ खेलबाट रियलको ८१ तथा बार्सिलोनाको ७० अंक छ ।