२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ हेर्नुहोस्



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ तोकिएको छ । 

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १३ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ २६ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९० पैसा तोकिएको छ । त्यसैगरी एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ५० पैसा तोकिएको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ७१ पैसा तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५८ पैसा तोकिएको छ ।