• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

लुम्बिनी सरकारबाट बाहिरियो जसपा



काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट सत्ता साझेदार दल जनता समाजवादी पार्टी बाहिरिएको छ । सरकार गठनका बेला भएको सहमति कार्यान्वय नभएको भन्दै जसपाले सरकार छाडेको हो ।

जसपाको तर्फबाट कृषिमन्त्री बनेका भण्डारीलाल अहिरले आइतबार पदबाट राजीनामा दिनु भएको छ । मन्त्रीबाट हटेपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने जसपाले जनाएको छ ।

मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुअघि जसपालाई २ मन्त्रालय दिने भनिएपनि अन्तिममा एउटा मात्र मन्त्री दिएको भन्दै जसपा असन्तुष्ट रहेको थियो । अहिर २५ चैतमा विनाविभागीय मन्त्री नियुक्त भै ६ वैशाखमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनु भएको थियो ।