२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै
अ अ+ अ-

काठमाडौं । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । शुरुमा कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान शहरबाट नै निस्किएको बताइएको थियो । गत वर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो ।
 
यसरी वुहानबाट देखिएको यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ र ती देशमा अहिले पनि सङ्क्रमित हुने क्रम जारी नै रहेका समाचारहरु आइरहेका छन् ।यसरी वर्षदिन पुगिसक्दा पनि यस भाइरसको नियन्त्रण हुन सकेको छैन । तर चीनले भने छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर पछिल्ला दिनहरुमा भने यहाँ फेरि यसका सङ्क्रमितहरु देखिन थालेका चीन सरकारले जनाएको छ ।
 
चीन सरकारले जनाएअनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरुका अनुसार मङगलबार मात्र चीनमा कोरोना भाइरस ७५ जनामा नयाँ सङ्क्रमण देखिएको हो । तीमध्ये थप ५५ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु २० वटा नयाँ घटना बाहिरबाट आएका पनि मङ्गलबार यहाँका स्वास्थ्य अधिकारीले दिएको समाचारमा जनाइएको हो ।
 
चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ नयाँ सङ्क्रमित भेटिएका छन् । यहाँका स्थानीय नागरिकहरुबाटै ती  जना व्यक्ति सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ ।   
 
चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ । मङ्गलबार भेटिएका स्वदेशी सङ्क्रमितहरुमध्ये उत्तरी चीनको हेबेइ र होलिज्याङ प्रान्तका कतिपय शहर र जिलिङ नगरका धेरै नागरिक रहेका पाइएका हुन् ।
 
यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ र चिनियाँ स्वास्थ्य अधिकारीहरुले ती क्षेत्रमा बढी सतर्कता अपनाउन भनेका छन् । चीनका हेलिङजाङ, हेइबेइलगायतका प्रान्तमा नयाँ सङ्क्रमित भेटिन थालेको समाचार गत महिना देखि नै अएको हो । ती प्रान्तका सरकारहरुले यहाँ आइसोलेसन वार्ड निर्माण पनि गरिरहेका बताएका छन् ।
 
सोही कारण चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि निगरानी राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो । रासस