• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३५ औं खेलमा दिल्ली क्यापिटल्स (डीसी)ले सनराइजर्स हैदरावाद (एसआरएच) को सामना गर्दैछ । खेल साँझ ७ः४५ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ ।

दिल्ली क्यापिटल्स यस सिजन ७ मध्ये ३ खेल जितेर छैटौं स्थानमा छ । यस्तै, हैदराबाद ६ मध्ये ४ खेल जितेर ८ अंकसहित शीर्ष ४ मा छ ।

दुई टोलीबीच हेड टु हेडमा कडा प्रतिस्पर्धा भइरहेको छ । दुवैले एकअर्काविरुद्ध कुल २३ खेल खेलेका छन् । जसमध्ये १२ खेलमा दिल्लीले जित हासिल गरेको छ भने ११ खेलमा हैदराबाद विजयी भएको छ ।

दुई टोलीबीचको अन्तिम खेल गत वर्ष दिल्लीमा भएको थियो, जुन हैदरावादले ९ विकेटले जितेको थियो ।