• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन

धोनी आईपीएलमा ५ हजार रन बनाउने पहिलो विकेटकिपर



=काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजनमा चेन्नई सुपर किंग्सले तेस्रो हार बेहोरेको छ ।

शुक्रबार चेन्नई लखनउ सुपर जाइन्ट्ससँग ८ विकेटले पराजित भएको हो । चेन्नईका पूर्व कप्तान महेन्द्र सिंह धोनीले ८ बलमा २८ रन बनाए ।

धोनीले आईपीएलमा विकेटकिपरको रूपमा खेल्दै ५ हजारभन्दा बढी रन बनाएका छन् । उनी यस्तो गर्ने पहिलो विकेटकिपर बने । उनले विकेटकिपरका रुपमा पनि २५१ खेल खेलिसकेका छन् । धोनीपछि आरसीबीका दिनेश कार्तिकले विकेटकिपरका रूपमा २२८ खेलमा ४३६३ रन बनाएका छन् ।

साथै, उनले ४० वर्षको उमेरपछि आईपीएलमा ५०० रन पूरा गरे । उनी ४० वर्षको उमेरपछि आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । धोनी अहिले ४२ वर्षका छन् । उनले क्रिस गेलको कीर्तिमान तोडे जसले ४० वर्षको उमेरपछि आईपीएलमा ४८१ रन बनाएका थिए ।