• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री ★   टी–२० विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने ★   विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने: राष्ट्रपति पौडेल ★   एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी ★   ‘मनाङको विकासमा ठेकेदारको लापरवाही’ ★   नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ ★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल



काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ ।

मुलुकलाई आरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोहोर्याउने कुरा नै एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेकोे महासचिव पोखरेलको स्पष्टिकरण थियो । उहाँले आलोपालो प्रधानमन्त्री भन्ने कुरामा नभई आफ्नो पार्टी राष्ट्र र जनताको भविष्यप्रति चिन्तित रहेको र त्यसैमा जोड दिएर अघि बढ्ने नीतिगत दृष्टिकोण बनाएको दोहार्याउनु भयो ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा महासचिव पोखरेलले एमालेमा सत्ताका लाागि लालयित नभएको जिकिर गर्दै मुलुकलाई सही बाटोमा डोहोर्याउने संकल्पका साथ नयाँ सत्तासमिकरण बनाएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि संकट आईपरे एमालेले काँग्रेससँग पनि मिलेर काम गर्ने मान्यता राखेको बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘हामी सत्ताका लागि लालायित छैनौं । पहिला पनि हामी सत्ता हाम्रो लागि प्राथमिकता होइन । मुलुकलाई सही बाटोमा डोहो¥याउने खालको कुरा प्राथमिकताको विषय हो भनेका थियौं । अहिले पनि हामी नयाँ सत्ता समिकरण गर्दाखेरी पनि फलानो महत्वपूर्ण मन्त्रालय चाहिन्छ भनेर हामीले दाबी गरेनौं । मुलुकलाई ओरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोहो¥याउने कुरानै प्राथमिकताको विषय हो भन्ने नीतिगत हस्तक्षेप प्राथमिकताको विषय हो भन्ने अर्थमा हामीले प्रस्तुत गर्ने काम गरेका छौ ।

कतिपयले प्रधानमन्त्रीमा आलोपालो भनेर सोध्ने गर्दछन । हामी यो सरकारले राम्रो काम गर्छ भने हामी यसलाई निरन्तरता दिन तयार छौ भनेर भनिराखेका छौं । किनकी हाम्रो चिन्ता मुलुकप्रति हो, जनताप्रति हो । राष्ट्रको भविष्यप्रति हो भन्ने कुरा हामीले स्पष्ट रुपमा भन्दै आएका छौं । र त्यही कुरामा जोड दिन चाहन्छौं । काँग्रेससँग त हामीले स्वभाविक रुपले जतिबेला मुलुकमा लोकतन्त्रमाथि संकट आउँछ, जतिबेला परिवर्तनमाथि संकट आउँछ । त्यतिबेला मिलेर काम गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका छौं ।’

महासचिव पोखरेलले राष्ट्रको भविष्यलाई ध्यानमा राखेर एमालेले नयाँ सत्तासमिकरण बन्दा पनि महत्वपूर्ण मन्त्रालय लिने कुरामा अडान नराखेको बताउनु भयो ।