२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

अम्लीय जातका फलफूल निर्यात गर्न चीनले अनुमति नदिएपछि सरकारको योजना रोकियो



अ+ अ-

काठमाडौं । नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको योजना रोकिएको छ । गतवर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका क्रममा नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि विभागबीच सुन्तलालगायत अम्लीय जातका फलफूलहरू चीन निर्यातका लागि सम्झौता भएको थियो ।

पछिल्लो समय विश्वका अन्य विभिन्न देशसँगै चीनमा पनि नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि सावधानीका लागि चीन सरकार उक्त सम्झौता कार्यान्वयनबाट पछि हटेको बताइएको छ । यसअघि मन्त्रालयले सुन्तलालगायत फलफूल निर्यातको तयारी तीव्र रूपमा भइरहेकाले माघको दोस्रो सातातिर निर्यात थाल्ने बताएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय सुन्तलाजात बाली विकास कार्यक्रम र नेपाल कृषि अनुसन्धान परिषद्लगायत निकायले निर्यातका लागी सम्पूर्ण तयारी गरिसकेपछि सुरक्षा जोखिमको कारण देखाउँदै तत्कालका लागि सम्झौता कार्यान्वयन गर्न नसकिने आशयको पत्र चीन सरकारले पठाएपछि यसै वर्ष फलफूल निर्यात गर्ने नेपालको योजना असफल भएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  प्रशान्त खड्काले लेखेका छन् । 




भर्खरै