६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत शर्माको आयो एग्रिमो



अ+ अ-

काठमाडौँ । भारतका लागि राजदूतमा सिफारिस भएका डा शङ्कर शर्माको एग्रिमो आएको छ । शर्माको नाममा सहमति जनाउँदै भारतको विदेश मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई एग्रिमो पठाएको हो । एग्रिमो प्राप्त भएसँगै शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने र भारत जान मार्ग प्रशस्त भएको छ ।

भारतका लागि राजदूतमा सिफारिस भएका शर्माको नाम गत कात्तिक ११ गते संसदीय समितिले अनुमोदन गरेको थियो । संसदीय समितिले अनुमोदन गरेसँगै उनको नाम एग्रिमोका लागि भारतलाई पत्र पठाइएको थियो । उनीसँगै राजदूतमा सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि नियुक्त भइसकेका छन् ।