१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत शर्माको आयो एग्रिमो



अ+ अ-

काठमाडौँ । भारतका लागि राजदूतमा सिफारिस भएका डा शङ्कर शर्माको एग्रिमो आएको छ । शर्माको नाममा सहमति जनाउँदै भारतको विदेश मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई एग्रिमो पठाएको हो । एग्रिमो प्राप्त भएसँगै शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने र भारत जान मार्ग प्रशस्त भएको छ ।

भारतका लागि राजदूतमा सिफारिस भएका शर्माको नाम गत कात्तिक ११ गते संसदीय समितिले अनुमोदन गरेको थियो । संसदीय समितिले अनुमोदन गरेसँगै उनको नाम एग्रिमोका लागि भारतलाई पत्र पठाइएको थियो । उनीसँगै राजदूतमा सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि नियुक्त भइसकेका छन् ।