२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा



अ+ अ-

काठमाडौँ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेश सभामा टेबुल भएको छ ।

प्रदेश सभाको बिहीवार बसेको बैठकमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संकल्प प्रस्ताव टेबुल गर्नुभएको हो । मंगलवार नेकपा एमाले र माओवादीले कोशी प्रदेस सभा सचिवालयामा संकल्प प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले समर्थन गर्नुभएको थियो ।

संकल्प प्रश्ताव टेबुल गरेपछि एमाले प्रमुख सचेतक भण्डारीले सरकारलाई विशेष निर्देशन गर्नका लागि संकल्प प्रश्तावमार्फत सन्देश दिन संसदको अधिवेशन आह्वान भएको बताउनु भयो । गत असोज २७ गते एमालेका ३९ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र असोज १ गते विश्वासको मत दिएको भए पनि परिस्थितिले उहाँलाई समर्थन र विश्वासको मत दिन नसकेको भण्डारीले बताउनु भयो ।

प्रदेश सभामा पेस गरिएको संकल्प प्रस्तावलाई समर्थन गर्दै माओवादी केन्द्रका उप्रेतीले प्रश्ताव पास नहुँदै मार्ग प्रशस्त गर्न मुख्यमन्त्री कार्कीलाई आग्रह गर्नुभयो । समर्थक नै रहनुभएका एमालेका किशोरचन्द्र दुलालले वर्तमान सरकारले मार्गप्रशस्त गरोस् भन्ने अभिप्रायका साथ प्रदेश सभामा संकल्प प्रस्ताव टेबुल गरिएको बताउनु भयो ।

प्रदेश सभाको बिहीवार बसेको बैठकमा सत्तापक्षमा भन्दा विपक्षमा बस्ने सांसदको संख्या दोब्बरले बढी थियो । विपक्षका ६ जना सांसद अनुपस्थित रहँदा समेत प्रदेश सभामा विपक्षीको कुर्सीमा बस्ने सांसदहरुको संख्या ५२ थियो । सत्तापक्षको कुर्सीमा भने काँग्रेस र नेकपा (एकीकृत समाजवादी) का मात्र २४ जनाको उपस्थिति थियो । मुख्यमन्त्री अल्पमतमा परिसकेको दृश्य सदनमै देखिएपछि काँग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्कीले विवेक पु¥याएर निर्णय लिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

राजीनामा दिएर मार्ग प्रशस्त नगरेपछि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले प्रदेश सभा सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव टेबुल गरेको हो । संविधानको धारा १८३ को उपधारा ३ बमोजिम बिहीवार बसेको प्रदेश सभा बैठकमा दुई दलले दर्ता गराएको उक्त प्रस्ताव टेबुल भएको हो । अब प्रदेश सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।