३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेनानका वरिष्ट राजनीतिक सल्लाहकार घुसकाण्डमा पक्राउ



अ+ अ-

बेइजिङ । चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रान्तीय किमिटीका पूर्व उपाध्यक्ष एवं पार्टीका वरिष्ट सदस्य वाङ योङलाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक परामर्श समितिका सदस्य समेत रहेका वाङलाई चिनियाँ सर्वोच्च जनपरिषदले पक्राउ गर्ने निर्णय गरेको थियो । 

जनपरिषदका अनुसार राष्ट्रिय निरीक्षण आयोगले गरेको अनुसन्धानबाट वाङ घुसखोरीमा संलग्न रहेको सम्भावना देखिएको जनाउँदै फौजदारी अनुसन्धान गर्न र अन्य आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो । 

वाङलाई यसअघि नै चिनियाँ कम्युनिष्ट पार्टीबाट निश्कासन गरिएको र पार्टी अनुशासन एवं कानुनको गम्भीर उल्लंघनको आरोपमा जिम्मेवारीबाट हटाइसकिएको छ ।उक्त मुद्दाको थप कारबाही अघि बढाइएको पनि जनपरिषदले बताएको छ । रासस