५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज बृहत् योग तथा सम्पदायात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज आयोजना गरिएको कार्यक्रममा विगतमा विपत्तिले सम्पदा क्षेत्रमा पारेको क्षतिबाट संरक्षणको पाठ सिक्नुपर्नेमा जाड दिइएको छ । महानगरका जनप्रतिनिधि, कर्मचारी, संस्कृतिकर्मी तथा स्थानीयले सम्पदाको संरक्षण गर्नका लागि ‘विगतका घटनालाई बिर्सन नहुने’ साझा मत व्यक्त गर्नुभयो ।

सम्पदा तथा पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानका अनुसार सो अवसरमा वडा नं १५को आयोजनामा स्वयम्भू भुइँखेलमा बृहत् योग र स्वयम्भूबाट वसन्तपुरसम्मको सम्पदा पदयात्रा गरिएको थियो । बिहान ४ः३० बजे भेला भएर ६ बजेसम्म सामूहिक योग गरिएको थियो भने त्यसपछि सम्पदा पदयात्रा सुरु भएको उहाँको भनाइ छ ।

भुइँखेलबाट सुरु भएको पदयात्रा चारा हिटी, धिमे ल्वहं, निपु हिटी ९भीमसेन मन्दिर०, डल्लु चौतारा, भेलु महादेव, रञ्जित मल्ल सतः घाट, तप्यँताँ, म्येछ्योँ हिटी, बुराङ्खेल, सामुदायिक (लोकेश्वर) गल्ली, आयुर्वेदिक अस्पताल, नरदेवी द्यःछेँ, पाछै गल्ली, सुन्ता गल्ली, दमाइ टोल, चस्वांद्वँ, साः (तेल मिल), बन्जाः हिटी, मिच्याः गल्ली, मरुबहि, सन्तानेश्वर महादेव, मरु हिटी हुँदै मरु गणेश पुगेर समापन भएको थियो ।

स्वस्थ्य जीवनका लागि योग र सम्पदाको पहिचान प्रवर्द्धनका लागि पदयात्रा गरिएको वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

प्रत्येक मानिससँग सम्बन्ध राख्ने संस्कृतिलाई साझा रूपमा मनाउन हरेक वर्ष अङ्ग्रेजी महिनाको अप्रिल १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । प्राकृतिक तथा मानव सिर्जित सम्पदाको महत्वलाई प्रवर्द्धन गर्नु, पुस्तान्तरण गर्नु तथा संरक्षणका उपाय र सिकाइ आदानप्रदान गर्नु दिवस मनाउनुको मुख्य उद्देश्य हो । रासस