• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन ★   सत्तामा बस्नेहरुले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैन: प्रदीप पौडेल ★   रोजाइमा आकर्षक र टिकाउ बेतका फर्निचर ★   कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह: गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौं ★   गिरिबन्धु टि-स्टेटमा काँग्रेसका कोही दोषि भए सजाय भोग्न तयार छौ: रामहरी खतिवडा ★   ४ बजेको बैठक सहजताका साथ अगाडी बढ्छ: महेश बर्तौला ★   मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको झलनाथको दाबी ★   सुनिल क्षेत्रीको सन्यासबारे विराट कोहलीले भने– ‘मेरो भाइ, तिमीमा गर्व छ’ ★   राष्ट्रियसभा बैठक अपराह्न ४:३० बजे बस्ने ★   बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै ‘लक्ष्मी’

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि



एजेन्सी । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका अखबारहरूले जनाएका छन् ।

जनवरी र फेब्रुअरीको बिचमा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या एक लाख १६ हजार पाँच सयले बढेपछि रोजगारीमा गिरावट आएको हो ।

एबीएसले फेबु्रअरी र मार्चको बिचमा पूर्ण–समय भूमिकामा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या २७ हजार नौ सयले बढे पनि सोही अवधिमा अंशकालीक रोजगारी ३४ हजार पाँच सयले घटेको बताएको छ ।

जागिर गुमाए पनि अष्ट्रेलियालीहरूले काम गरेको घण्टाको कुल संख्या एक करोड ७० लाख वा फेब्रुअरीको तुलनामा मार्चमा ०।९ प्रतिशत र मार्च २०२३ को तुलनामा १।७ प्रतिशत बढी थियो ।

एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले सहभागिता दर पूर्व–महामारीकोस्तर भन्दा धेरै बढी भएको र नोभेम्बर २०२३ मा सेट गरिएको ६७ प्रतिशतको रेकर्ड उच्च रहेको बताउनुभयो ।

सहभागिता दरले काम गर्ने उमेरका जनसंख्याको अनुपात मापन गर्दछ, जसबाट कार्यरत छन् वा सक्रिय रूपमा काम खोज्दै छन् भन्ने थाहा हुन्छ, जुन ६६.७ प्रतिशतबाट केही घटेर ६६.६ प्रतिशतमा झरेको छ ।