१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन
अ अ+ अ-

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल फर्किनुभएको छ । सङ्गीतको माध्यमबाट विश्वभर शान्तिको सन्देश छर्दै आउनुभएकी प्रसिद्ध आनी छोइङ डोल्मा मानवसेवा आश्रमको २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पलाई सघाउन बेलायत पुग्नुभएको थियो ।

गत वैशाख २३ गते बेलायतको क्याम्वर्लीस्थित कन्ट्री क्लवको हलमा आयोजित ‘इनर मेलोडी फर इनर पिस लाइभ कन्सर्ट’ र त्यसलगतै विभिन्न स्थान आयोजना भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट मानवसेवा आश्रमको सेवा सहजताका लागि सो सहयोग जुटेको गायिका आनी छोइङ डोल्माले बताउनुभयो । मानवीय कार्यमा आश्रमसँग सहयात्रा गर्न र मानवता प्रवद्र्धनमा सघाउन पाउँदा खुसी व्यक्त गर्दै उहाँले आगामी दिनमा समेत आश्रमसँग मानवीय कार्यमा सहयात्रा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सङ्कलित रकममध्ये रु ५२ लाख टिकट विक्रीबाट, २० लाख स्पोन्सरबाट र ८ लाख ४१ हजार रुपैया आनी छोइङ ड्रोल्माज्यूको अटोवायोग्राफी पुस्तक फूलको आँखामा विक्रीबाट संकलन भएको छ । यस क्रममा पाँच जनाले मानवसेवा आश्रमले नेपालको विभिन्न जिल्लामा निर्माण गरिरहेको भवननिर्माणको लागि एक कोठा निर्माण सहयोग स्वरुप रु पाँच लाख ११ हजार एक सय ११ र ३२ जनाले आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गरी मानवसेवा आश्रमको अक्षयकोष वृद्धिका लागि रु एक लाख ११ हजार एक सय ११ योगदान गर्नुभएको छ । यस्तै मासिक रु आठ हजार योगदान गर्ने गरी १७ जना बालबालिकाको र मासिक पाँच हजार योगदान गर्ने गरी पाँच आमाबुबाको मासिक खर्च व्यहोर्ने हुनुभएको छ ।

कन्सर्टसँगै बेलायतस्थित नेपाली दूतावास, स्कटल्याण्डको ग्लास्को र एडिनब्रा, अल्टरसट गुम्बा, रिडिङ गुम्बा र प्लम्स्टिड गुम्बा, शिव मन्दिर अल्डरसट र बेलायतस्थित श्रीलङ्काको दूतावासमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना भएको थियो । प्रसिद्ध गायिका आनी छोइङको कन्सर्ट र बेलायत यात्राले मानवसेवा आश्रमको सेवा प्रवाहमा टेवा पुर्‍याउने मानवसेवा आश्रम बेलायत च्यापटर संयोजक सुनिलबाबु खड्काले बताउनुभयो ।

मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले मानवसेवा आश्रम युके च्यापटरले सम्पूर्ण बेलयतबासी नेपालीहरुको मन जित्न सक्नेगरी कन्सर्ट आयोजना गरी लक्ष्य अनुसारकै सहयोग जुटाउन सकेकोमा धन्यबाद दिदै २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देश घोषणा गराउन सकैको साथ र सहयोग आवश्यक पर्दछ भन्नुभयो ।

मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवस सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्प लिएको छ । उक्त संकल्पलाई पुरा गर्न देशको सात प्रदेशका १९ जिल्लामा २४ सेवा केन्द्र सञ्चालनमा ल्याई ७७ ओटै जिल्लाबाट सहयोगापेक्षीहरुको उद्धार गर्दै आइरहेको आश्रमले हालसम्म १० हजार बढीको उद्धार गरी मानवोचित व्यवस्थापन गरिसकेको छ भने हाल देशरभर रहेका आश्रमका सेवा केन्द्रहरुमा एक हजार छ सय ५३ जना संरक्षणमा रहनुभएको जनाएको छ । रासस