१० असार २०८३, बुधबार
,
Latest
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यको निधन



अ+ अ-

काठमाडौं । नेपाल कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यको ८१ बर्षको उमेरमा निधन भएको छ । शाक्यको क्यान्सर रोगको उपचारका क्रममा आज बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।

दुई महिना अघि मात्र पत्नी बियोगको पीडामा रहनु भएका शाक्यले हालै मात्र भारतको राजधानीमा दिल्लीमा उपचार गराएर फर्कनु भएको थियो ।

उहाँका परिबारका सदस्यहरु बिदेशमा रहका कारण उनिहरु आएपछि मात्र अन्तिम सस्कार गर्ने तयारी भै रहेको समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिनुभयो ।

नेपाल सरकारको मुख्य सचिब, लोकसेवा आयोगका अध्यक्षको समेत जिम्मेवारी निर्बाह गरिसक्नु भएका शाक्य कुशल प्रशासकका छबि बनाउनु भएको थियो । शाक्यले रोटरी नेपालका डिस्ट्रिक्ट ३२९२ का पूर्व डिस्ट्रिक्ट गभर्नरको जिम्मेबारी समेत निर्बाह गर्नुभएको थियो ।