७ मंसिर २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाहबाट हजार बुद्ध मुर्तिमा पूजाअर्चना- फोटो फिचर बालेनको एक्सन: एमालेलाई एक लाख रुपैयाँ जरिवाना भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन एमालेको जागरणसभामा जे देखियो… पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने



अ+ अ-

एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले मंगल ग्रहबाट पृथ्वीमा मूल्यवान नमूनाहरू (सेम्पल) फिर्ता गर्न नवीन डिजाइनहरू खोजिरहेको छ । मंगल ग्रहबाट नमूना फिर्ता विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय ग्रह अन्वेषणको दीर्घकालीन लक्ष्य हो ।

सन् २०२१ मा मंगल ग्रहमा अवतरण गरेदेखि नै नासाको ‘पर्सेभेरेन्स रोभर’ (नासाको चलिरहेको मंगल सन् २०२२ मिशनको एक भाग को रूपमा मंगल ग्रह मा अवतरण गर्नका लागि नवीनतम रोबोटिक अन्वेषक)ले पछिको सङ्कलन र पृथ्वीमा फर्किनका लागि नमूना सङ्कलन गरिरहेको छ ।

हालको ‘मिसन डिजाइन’ले सन् २०४० सम्ममा सबै नमूनाहरू फिर्ता गर्ने नासाले जनाएको छ । नासाले कम लागतमा मुख्य नमूनाहरू पृथ्वीमा फर्काउने महत्वाकांक्षी लक्ष्य हासिल गर्न र प्रविधिको लाभ उठाउने योजनाको विकासमा काम गर्न आग्रह गरिरहेको छ ।

नासाले चाँडै नै उद्योगबाट वास्तुकला प्रस्तावहरू माग गर्ने बताएको छ, जसले सन् २०३० सम्ममा नमूनाहरू फिर्ता गर्न सक्नेछ । यसले लागत, जोखिम र मिसनको जटिलता कम गर्छ ।

नासाका प्रशासक बिल नेल्सनले सुरक्षित अवतरण र नमूनाहरू सङ्कलन र अर्को ग्रहबाट नमूनाहरू लिएर रकेट प्रक्षेपण गर्ने सानो काम नभएको बताउँदै आफूरुले अगाडिको बाटो खोज्न नयाँ विकल्प सोच्नुपर्छ भन्नुभयो ।