५ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चबाट बदर कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप: नेपालको लगातार चौंथो जित, साउदीलाई ६ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले लगातार चौंथो जित निकालेको छ । ओमानको अल अमेरत खेल मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गर्यो ।

वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको खेलमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुलशन झा १९ बलमा ३२ रनसहित तथा कप्तान रोहित पौडेल ७ बलमा १६ रनसहित अविजित रहे । दिपेन्द्र सिंह ऐरीले ९ बलमा १७ रनको योगदान दिए ।

बलिङतर्फ साउदी अरेबियाका इस्तियाक अहमदले २ तथा उस्मान नजिव र वजी उल हसनले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनायो । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुई/दुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एकरएक विकेट लिए ।

समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।