२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

मास्क नलगाउने ७ हजारलाई जेल



अ+ अ-

हेटौंडा । नेपालीहरुको वैदेशिक रोजगारीको एक प्रमुख देश कतारको सरकारले सार्वजनिक स्थानमा मास्क नलगाई हिँड्ने ७ हजार २ सय ४० जनालाई पक्राउ गरेर कारबाही गरेको छ । विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कतार सरकारले घरबाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गरेको छ ।

घरबाहिर निस्कँदा वा सार्वजनिकस्थानमा मास्क नलगाउनेलाई नियम उलंघन गरेको भन्दै पक्राउ गरी कारबाही गरिएको त्यहाँबाट हेटौंडेली सञ्चारकर्मी अनिल पराजुलीले जनाएका हुन् । मास्क नलगाउनेलाई तीन वर्ष जेल वा दुई लाख रियालसम्म जरिवाना हुनसक्ने कतारी कानुन रहेको उनले बताएका छन् । निजी सवारीमा ४ जना भन्दा बढी बस्ने २ सय ७७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको राष्ट्रियता भने त्यहाँको सरकारले खुलाएको छैन । कतारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ४९ हजार ९ सय ३३ पुगेको छ । कोरोनाबाट कतारमा मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ भने करिब १ लाख ४५ हजार २ सय ५१ संक्रमणमुक्त भएका छन् ।

कतारले १३ लाख ६८ हजार ९ सय ६४ जनाको कोरोना जाँच गरिसकेको छ । हाल कतारमा करिब ३ लाख ५१ हजार नेपाली कार्यरत् छन् ।
संक्रामक रोगसम्बन्धि मन्त्रिपरिषद् निर्णय र १९९० को कानुन नम्बर–१७ बमोजिम कोरोना भाइरसको फैलावट सीमित राख्न अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उलंघन गरेको आरोपमा हालसम्म २ सय ९ जनालाई सार्वजनिक अभियोजन मुद्धा चलाइएको उनले जनाए ।

कोरोना भाइरस फैलावट रोक्न कतार सरकारले जारी गरेको सावधानी तथा रोकथामको सम्पूर्ण नियमहरु पालना गर्न स्वास्थ्य मन्त्रालयले नागरिकलाई आग्रह गरेको छ । कतारले निःशुल्करुपमा कोरोना खोप दिएको छ । सबैलाई प्राथमिकता आधारमा लगाइने र खोप लगाउनेलाई पनि मास्क अनिवार्य र सामाजिक दुरी कायम गर्न भनिएको छ । नेपाल समाचारपत्र दैनिक




भर्खरै