७ भाद्र २०८३, आईतवार
,
Latest
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनालाई घरेलु मैदानमै स्तब्ध पार्दै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनी क्लब बार्सिलोनालाई ४–१ गोलले पराजित गर्दै एग्रिगेटमा ६–४ को नतिजासहित पिएसजी सेमिफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको दोस्रो लेगमा पिएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले २ तथा ओस्माने डेम्बेले र भिटिन्हाले एक–एक गोल गरे ।

खेलको १२ औं मिनेटमा राफिन्हाले गोल गर्दै घरेलु टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटका रोनाल्ड अराओले रातो कार्ड खाएपछि बार्सिलोना १० खेलाडीमा समेटियो ।

४० औं मिनेटमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई १–१ को बराबरीमा ल्याए । भिटिन्हाले ५४ औं मिनेटमा गोल गर्दा पिएसजी २–१ गोलले अघि बढ्यो । त्यसपछि ६१ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दा पिएसजी ३–१ गोलले अगाडि रह्यो ।

यस्तै, ८९ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीलाई ४–१ को तथा समग्रमा ६–४ को जितसहित अन्तिम चारमा पुर्याए । अब सेमिफाइनलमा पिएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।