• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत

काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता



नयाँदिल्ली । काश्मिरमा मङ्गलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरको बाहिरी भागमा रहेको झेलम नदीमा २० जनाभन्दा बढी मानिस बोकेको डुङ्गा दुर्घटना ग्रस्त भई पल्टिएको थियो ।

एक प्रहरी अधिकारीका अनुसार आज बिहान गान्दबल क्षेत्रको झेलम नदीमा उक्त डुङ्गा पल्टिँदा नदी पार गर्न प्रयोग गरिएको डोरी अचानक खसेको थियो । दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने अन्य धेरै बेपत्ता भएका छन् । दुर्घटनामा परी बाँच्न सफल भएका केही व्यक्तिहरूको उद्धारपछि अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि स्थानीयले अधिकारीहरूलाई सूचना गरेपछि बेपत्ताहरूको खोजी गर्न प्रहरी र विपद् प्रतिक्रिया बलका कर्मचारीहरूको उद्धार टोली पठाइएको थियो । केही स्थानीय मिडिया रिपोर्टहरूले बेपत्ता हुनेहरूको सङ्ख्या १० जना भन्दा माथि रहेको जनाएका छन् । पछिल्ला केही दिनदेखि यस क्षेत्रमा परेको भारी वर्षाले गर्दा नदीको जलस्तर बढेको छ ।