• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo

बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन



काठमाडौं । वरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी प्रकटको मणिपाल शिक्षण अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो।

स्वास्थ्यमा एक्कासि समस्या आएपछि उहालाई सोमबार अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा दिउँसो करिब साढे ३ बजेतिर निधन भएको उनका भतिज प्रज्वल पगेनीले जानकारी दिनुभयो उहाँका पत्नी, एक छोरा र एक छोरी छन्।

उहाको अन्त्येष्टि बुधबार दिउँसो गरिने पारिवारिक स्रोतले जनाएको छ। त्यसअघि शवयात्रा गरिनेछ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकट पंगेनी ‘शिव’ को असामाहिक निधनले स्तब्ध भएको जनाउनु भएको छ । उहाँले लेख्नु भएको छ- रुपा-५ देउराली निवासी वरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को असामाहिक निधनले स्तब्ध छु । गण्डकी प्रदेशले मात्रै होइन सिङ्गो देशले एक साहित्यिक धरोहरलाई गुमाएको छ । स्व. प्रकट पंगेनी ‘शिव’प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।