१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन



अ+ अ-

काठमाडौं । वरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी प्रकटको मणिपाल शिक्षण अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो।

स्वास्थ्यमा एक्कासि समस्या आएपछि उहालाई सोमबार अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा दिउँसो करिब साढे ३ बजेतिर निधन भएको उनका भतिज प्रज्वल पगेनीले जानकारी दिनुभयो उहाँका पत्नी, एक छोरा र एक छोरी छन्।

उहाको अन्त्येष्टि बुधबार दिउँसो गरिने पारिवारिक स्रोतले जनाएको छ। त्यसअघि शवयात्रा गरिनेछ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकट पंगेनी ‘शिव’ को असामाहिक निधनले स्तब्ध भएको जनाउनु भएको छ । उहाँले लेख्नु भएको छ- रुपा-५ देउराली निवासी वरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को असामाहिक निधनले स्तब्ध छु । गण्डकी प्रदेशले मात्रै होइन सिङ्गो देशले एक साहित्यिक धरोहरलाई गुमाएको छ । स्व. प्रकट पंगेनी ‘शिव’प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।