जापान । कोरोना संक्रमणको प्रभावका कारण विश्व अर्थतन्त्र शिथिल भएका बेला जापानको श्रम बजार भने ४५ वर्ष यताकै खराब स्थितिबाट गुज्रिएको छ । जापानको श्रम मन्त्रालयले बिहिवार गरेको घोषणा अनुसार रोजगार खोज्नेहरुको संख्या बढ्दै गर्दा रोजगारदाता कम्पनीको संख्या घट्दो क्रममा छ । अघिल्लो वर्ष (२०१९) सम्म कामदार अभाव झेलिरहेको जापान २०२० मा आइपुग्दा श्रम बजारको अभाव झेल्न बाध्य भएको हो ।
यस अघि सन् १९७५ मा तेल संकटका बेला श्रम बजारको अभाब झेलेको थियो । सन् २०२० को तथ्यांक अनुसार यो वर्ष काम खोज्नेहरुको संख्या अघिल्लो बर्षको (२०१९) को तुलनामा ६.९ प्रतिशतले बढेको छ भने श्रमिकको माग २१ प्रतिशतले घटेको छ । भनेको २१ लाख ६० हजारले कामको खोजी गर्दा श्रमिकहरुको मागमा १८ लाख २० हजारले गिरावट आएको छ । यसको अर्थ कामको खोजीमा रहेका २१ लाख ६० मध्ये जम्मा ३ लाख ४० हजारले रोजगार पाउन सक्नेछन ।
मन्त्रालयका अनुसार कोरोनाकै कारणले जापानमा रोजागार गुमाउनेहरुको संख्या जनवरी २२ सम्ममा ८३ हजार पुगेको छ । कामदार अभाव हुन थालेपछि बिदेशी कामदार भित्र्याउन थालेको जापानलाई पछिल्लो तथ्यांकले सोच्न बाध्य बनाएको छ । निक्केइ पत्रिकाको सहयोगमा











