२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी प्रकरण- गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास: रमेश खरेल



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेलले गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुदाहुदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास भएको जनाउनु भएका छ ।

सामाजिक संञ्जाल एक्समा एक स्टाटस राख्दै खरेलले सरकारले संवैधानिक छानविन समिति बनाई भुइमान्छेलाई न्याय दिनु पर्ने र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानविनलाई निष्पक्ष रूपमा कार्य गर्न दिनु पर्न माग गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रबेश गर्नुभएका खरेल गत उपनिर्वाचनमा बारा–२ बाट उम्मेदबार बन्नुभएको थियो । निर्वाचनमा पराजित भएसंगै उहाँ पार्टीमा निस्कृय रहनु भएको थियो । सहकारी प्रकरणमा अध्यक्ष लामिछानेको आलोचना गरेपछि उहाँलाई रास्वपाले स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण पछि उहाँले पार्टीनै त्याग गर्नुभएको थियो ।