३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.96

Wind: 1.03

Humidity: 77

Latest
पूर्वराजालाई संसदीय समितिमा बोलाउन संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा मिल्दैन : वरिष्ठ अधिवक्ता भट्टराई एनएसएल फुटबल: बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा राप्ती नदीमा डुबेर युवतीको मृत्यु एकीकृत समाजवादीद्वारा स्थानीय समस्या समाधानमा केन्द्रित हुन निर्देशन समाजवाद निर्माणका लागि सबै एकजुट हुन आवश्यक छ पोखरामा इन्जिनियर व्यवसायी दर्ताको परीक्षा सञ्चालन मकालुमा लेक लागेर चिकित्सकको मृत्यु ‘जातीय भेदभाव तथा छुवाछूत रोक्न सबैले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ’ फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई साथी सहजकर्ता बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजराइलमा आक्रमण गरेपछि इरानले आणविक केन्द्र बन्द गर्यो



अ+ अ-

संयुक्त राष्ट्रसङ्घ । इरानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायीरूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार बताउनुभएको छ ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकका क्रममा पत्रकारहरूहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा ऐन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीलाई आक्रमाणको प्रतिशोधमा इरानी आणविक केन्द्रहरूमा इजराइली आक्रमणको सम्भावनाप्रति चिन्तित हुनुहुन्छ भनी प्रश्न गरेका थिए ।

“हामी सधैँ यसको सम्भावनाको बारेमा चिन्तित छौँ, म के भन्न सक्छु भने इरानमा आणविक केन्द्रहरूको निरीक्षण गरिरहेका हाम्रा निरीक्षकहरूलाई इरान सरकारले हिजो आइतबार सुरक्षाका कारण सबै आणविक केन्द्र बन्द रहनेछ भनेर जानकारी गराएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार सोमबार आणविक केन्द्रहरू पुन: खुल्नुपर्ने थियो तर निरीक्षकहरू अर्को दिनसम्म फर्कने छैनन् । ‘अत्यधिक संयमता’ अपनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, “स्थिति पूर्ण शान्त नभएसम्म मैले निरीक्षकहरूलाई फर्कन नदिने निर्णय गरेँ ।”

दमास्कसमा आफ्नो वाणिज्य दूतावासको भवनमा भएको हवाई आक्रमणको जवाफमा इरानले आइतबार राति इजराइलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल प्रहार गरेको थियो । दमास्कसमा भएको इजराइली आक्रमणमा इरानका दुई जनरलसहित रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए ।

इजराइल र उसका सहयोगीहरूले इरानका अधिकांश हतियारलाई खसाएको थियो र इरानी आक्रमणमा सामान्य क्षति भएको थियो तर सम्भावित इजराइली प्रतिशोधका बारेको चिन्ताहरूले पुन: क्षेत्रीय युद्धको डर उत्पन्न गरेको छ । इजराइलले पहिला पनि यस क्षेत्रमा आणविक स्थलहरू विरुद्ध कारबाही गरिसकेको छ ।

सन् १९८१ मा वासिङ्टनले विरोध गरे पनि इजराइलले सद्दाम हुसेनको इराकमा ओसिरिक आणविक रिएक्टरमा बम हमला गरेको थियो । साथै उसले सन् २०१८ मा ११ वर्षअघि सिरियामा एउटा रिएक्टरविरुद्ध उच्चस्तरको गोप्य हवाई हमला सुरु गरेको स्वीकार गरेको थियो ।

तेहरानले इजराइलमाथि सन् २०१० मा दुई इरानी आणविक भौतिकविद्को हत्या गरेको र गत वर्ष एउटा अर्को अपहरण गरेको आरोप लगाएको छ । यसका साथै सन् २०१० मा स्टक्सनेट भाइरसको प्रयोगमार्फत परिष्कृत साइबर हमलाका कारण युरेनियम संवर्धनका लागि प्रयोग गरिने इरानी सेन्ट्रिफ्युजमा शृङ्खलाबद्ध तरिकाले खराबी आएको थियो । तेहरानले यसका लागि इजराइल र संयुक्त राज्य अमेरिकालाई दोष दिएको थियो ।

इजराइलले इरानमाथि आणविक बम हासिल गर्न चाहेको आरोप लगाएको छ । इरानले उक्त आरोपलाई अस्वीकार गरेको छ ।