२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी प्रकरणमा काग्रेस नेता शिवाकोटीको दाहाल र ओलीलाई प्रश्न



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले रवि लामिछानेलाई सरकारी ठगी प्रकरणमा कहिलेसम्म चोख्याउने भन्दै प्रधानमन्त्री र एमाले अध्यक्षलाई प्रश्न गर्नुभएको छ ।

सिबाकोटीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईको नेतृत्वमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएपनि उनीमाथि मुद्धा चलाउन सरकारी निकायले खुट्टा कमाएको आरोप लगाउनु भएको छ ।

शिवाकोटीले लेख्नु भएको छ -रुपन्देही जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा ‘लामिछानेका नाममा ऋण खडा गरी २०७७ चैत १८ गते गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सेवा शुल्क ४ लाख कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको’ उल्लेख छ ।

अनुसन्धानको मिसिलमै रविले सहकारीबाट गैरकानूनी रुपमा रकम लगेको प्रमाणहरु उल्लेख गरेपनि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र प्रहरी प्रमुखले नै सुनपानी छरेर चोख्याए पछि मातहतको प्रहरी र सरकारी वकिलको कार्यालयले लामिछानेलाई अभियुक्त बनाउने आँट त गरेन सामान्य सोधपुछ गर्न समेत खुट्टा कमाएको उहाँको आरोप छ ।

उहाँले प्रश्न गर्नुभएको छ- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा निरन्तर छानविनको माग उठाएपनि संसदको अधिवेशन समेत स्थगित गराएर जुरुक्कै काँधमा बोकेर हिडेका रविलाई कहिले सम्म सुनपानीले चोख्याइराख्ने हो प्रचण्ड र केपी कमरेड ?




भर्खरै