२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी चार राशिका महिलाहरु अरूभन्दा अधिक बुद्धिमान हुन्छन्, कुन-कुन हुन् यी राशि ?



अ+ अ-

काठमाडौं । हामी कति बुद्धिमान या समझदार छौँ भन्ने कुरा हामी आफैँ बताउन सक्दैनौ । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तब मानिसलाई थाहा हुन्छ, जब हामी कुनै विपत्तिमा आफ्नो दिमागको सही प्रयोग गर्छौँ । चलाखीपूर्वक बुद्धिको प्रयोग गर्नु पनि एक कला हो, जो हाम्रो ज्योतिषीय गुणमा समावेश छ । हुन त हरेक महिलामा आ-आफ्नो गुण हुन्छ तर आज हामी राशिको माध्यमले थाहा पाउने छौँ कि वास्तवमा कुन-कुन राशि भएका महिला अधिक चलाख र बुद्धिमान हुन्छन् रुज्योतिषशास्त्रका अनुसार, यी राशि भएका महिलाहरु सबैभन्दा बढी बुद्धिमान महिलाको श्रेणीमा पर्दछन् ।

तुला राशिः हरेक समस्याको सहजै समाधान निकाल्न तुला राशि भएका महिलाहरु आफ्नो बुद्धिमानीको कारण नै चिनिन्छन् । यो राशि भएका महिलाहरु आफ्नो स्तरमा आइडिया सोच्ने गर्दछन् र यसलाई एक अलग ढंगले प्रदर्शन गर्दछन्। यदि कुनै सोचलाई परिवर्तन गरी केही नयाँ काम गराउने सोच्नुहुन्छ भने यसको लागि तुला राशि भन्दा राम्रो कुनै राशि हुनसक्दैन ।

तुला राशि भएका महिलाह्ररुसँग हरेक समस्याको समाधन हुन्छ । जब कुनै पनि समस्या उत्पन्न भएमा यस राशिका महिलाले हरेक किसिमले समाधान निकालेर नै छोड्छन्। यस राशिका महिलाहरु एकदमै मिलनसार मित्र र राम्रो सल्लाहकार मानिन्छन् ।

कुम्भ राशिः कुम्भ राशिको महिलाहरु सबैभन्दा बढी समझदार हुन्छन् किनकी यी मानिस हरेक स्थिति अनुकूल नै निर्णय लिन्छन् । यस राशिका महिलाहरु सबैभन्दा अलग सोचका हुन्छन् । यिनिहरूको दिमागमा सधैँ अलग र क्रिएटिभ आइडियाले जन्म लिन्छ । यो राशि भएका महिलाहरु आफ्नो कुशलतालाई देखाउन कहिलै पछि हट्दैनन् ।

यी महिलाहरुमा सबैको मनमा राज गर्ने कौशल हुन्छ । यिनीहरू ज्ञानको धनि हुन्छन्, आफ्नो गहन ज्ञानको कारणले यी मानिस हरेक समस्याको कुनै न कुनै हल निकाल्छन् ।

कन्या राशिः आलोचक र विश्लेषक ज्योतिष शास्त्रका अनुसार कन्या राशि हुने महिलाहरुको सबैभन्दा ठूलो विशेषता नै यिनीहरू ज्यादै बुद्धिमानी हुन्छन् । यी महिलाहरुले उचित अवस्थामा मात्र प्रतिक्रिया जनाउँछन् । यिनीहरू एक९एक गरि आफ्नो दिमागमा विचारलाई सिर्जना गर्दछन् र सही समयमा नै बलियो रहेको त्यस विचारलाई सबैको अगाडी देखाउँछन् । यी मानिसहरू अवस्थालाई विश्लेषण गरेर मात्र अगाडी बढ्छन् ।

सिंह राशि: चलाखको राजा सिंह राशि भएका महिलाहरुलाई यदि कुनै यस्ता काम दिनुहोस्, जसमा बढी दिमाग लगाउनु पर्ने आवश्यकता पर्दछ । हुनसक्छ कि उनीहरूले पहिलो पटक त्यो काम नबुझे पनि तर हार मान्दैनन् ।

यस राशिका महिलाहरुले थोरै ढिलो समझदारी देखाउँछन् तर यसको अर्थ यो पनि होइन कि यी मानिसहरू बुद्धिमान हुँदैन। यिनीहरू कुनै पनि काम सोच्नको लागि थोरै समय लगाउँछन् तर यिनीहरूले एक पटक गर्छु भनेपछि त्यो गरेर छोड्छन् । एजेन्सीको सहयोगमा