• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

हैदराबादले तोड्यो आफ्नै कीर्तिमान, बैंगलोरलाई दियो २८८ रनको विशाल लक्ष्य



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन जारी राखेका छन् ।

हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)लाई २८८ रनको लक्ष्य दिएको छ ।

उसले २० ओभरमा ३ विकेट गुमाएर २८७ रन बनाएको हो । आईपीएलको इतिहासमा यो सबैभन्दा ठूलो स्कोर हो, यसअघि हैदराबादले नै यसै सिजन मुम्बईविरुद्ध २७७ रन बनाएको थियो ।

एम चिन्नास्वामी स्टेडियममा आरसीबीले टस जितेर पहिले बलिङ रोजेको थियो । एसआरएचका ट्राभिस हेडले ३९ बलमा शतक बनाए । उनको यो आईपिएल इतिहासमै चौथो छिटो शतक हो ।

उनले ४१ बलमा १०२ रन बनाए । हेनरिक क्लासेनले ६७, अभिषेक शर्माले ३४ रन जोड्दा अब्दुल समद १० बलमा ३७ र एडेन मार्कराम १७ बलमा ३२ रनसहित अविजित रहे ।

बैंगलोरका लोकी फर्गुसनले २ विकेट लिए ।