५ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चबाट बदर कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर कपः हङकङलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ ।

यो जितसँगै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो । हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि आसिफ शेखले १८ बलमा ४०, कुशल भुर्तेलले १९ बलमा ३२ रन जोड्दा कप्तान रोहित पौडेल २० बलमा २५ रनसहित तथा सन्दीप जोरा १७ बलमा १९ रनसहित अविजित रहे ।

बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्ताजाले एक-एक विकेट लिए ।

त्यसअघि ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित १७ दशलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनको योगफल बनायो ।

हङ्कङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २६ बलमा चार चौका र एक छक्काको सहयोगमा ३४ रन बनाएका हुन् ।

त्यस्तै जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाए । त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका अभिनाश बोहोराले तीन विकेट लिए भने ललित राजबंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई÷दुई विकेट लिए । त्यस्तै करण केसीले एक विकेट झारे ।